-->
यसरी सुरु हुँदैछ चीन र उत्तर कोरियाको युद्ध

फोटो :एजेन्सी
चीनः चीनले उत्तर कोरियाबाट आयात गर्दै आएका सामान कोइला तथा फलाम आयातमा कडाई गरेको बेइजिङले मङ्गलबार जनाएको छ ।
बेइजिङले उत्तर कोरियासँगको सामान खरिदमा कडाई गरिनु चीनको संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीप्रतिको समर्थन स्वरुप आएको निर्णय भएको बुझाई विश्व समुदायको छ ।
अमेरिका, दक्षिण कोरियालगायतका अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा निरन्तर गरेका आणविक तथा अन्य क्षेप्यास्त्र परीक्षणले उक्त क्षेत्रमा सुरक्षास्थितिमा समस्या ल्याउने भन्दै संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दी गर्ने निर्णय केही साता अघि गरेको थियो ।
उत्तर कोरियालाई पटकपटक चेतावनी दिई आणविक गतिविधि रोक्न अनुरोध गरे पनि उत्तर कोरियाले यसलाई बेवास्ता गरेपछि राष्ट्रसङ्घले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको हो ।
चीनले उत्तर कोरियाबाट आयात गर्ने फलाम तथा कोइला जीविकोपार्जनका लागि मात्रै भएमा यस प्रयोजनका लागि गरिने निर्यातलाई भने खरिद गर्न दिने बताएको छ ।
चीन र उत्तर कोरियाबीच गएको वर्ष करिब एक अर्ब अमेरिकी डलर बराबरको कोइला कारोबार भएको चीनको भन्सारबाट प्राप्त तथ्याङ्कले देखाएको छ । एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.