-->
बिहे गर्न युवतीको यस्तो शर्तले छक्क परे वेहुला र परिवार ::

काठमाडौँ, १५ वैशाख - बिहेबन्धनमा बाँधिनुअघि एक युवतीले राखेको शर्तले उनका हुनेवाला पतिको घरमा मानिस चकित परेका छन्।
बिहेको मिति छिनोफानो भइसकेको अवस्थामा युवतीले राखेको शर्तले उनीहरु अलमलमा मात्रै परेनन् एक पटक सोच्नसमेत बाध्य भए। प्रियङ्काका नामकी ती युवतीले आफ्ना हुनेवाला पतिका परिवारलाई १० हजार बिरुवा नरोपेसम्म बिहे नगर्ने अडान राखेकी हुन्।
युवतीका हुनेवाला पतिका परिवारले सुरुमा यो कुरालाई सुरुमा अनौठोरुपमा लिएपनि तर त्यो शर्त मान्न तयार भए। केटा पक्षले प्रियङ्का भदोरियाको माग पुरा मात्रै गरेनन् गत शुक्रबार आफ्नो छोराको बिहे उनैसँऊ धुमधामसँग गरिदिए।
प्रियङ्का मध्यप्रदेशको भिन्डस्थित किशीपुरा गाउँकी बासिन्दा थिइन्। बिहेको कुरो छिन्नुअघि उनका हुने हुनेवाला पतिले उनको चहानाबारेमा सोधेका थिए। सामन्यता आमयुवतीहरु गहना र कपडा माग्छन् तर प्रियङ्काले यी सबै कुराको साटो आफ्नो हुनेवाला पतिसँग १० हजार रुखका विरुवा रोप्ने शर्त राखिन्।
प्रियङ्काले १० वर्षदेखि रुख रोप्दै आएकी छन्। जंगल बढाउने अभियानमा रहेकी प्रियङ्काको बिहे पनि संयोगवश इन्टरनेशनल अर्थ डेकै दिन भयो। प्रियङ्काका पति रवि चौहान पनि आफ्नी पत्नीको सुझबुझबाट धेरै खुसी छन्। आफ्नी पत्नी पर्यावरणप्रति यति सजग रहेकोमा उनले हर्ष व्यक्त गरेका छन्।
प्रियङ्काले १० हजार बिरुवामा ५ हजार आफ्नो माइती गाउँमा र ५ हजार आफ्नो नयाँ गाउँमा लगाउने शर्त राखेकी थिइन्। देशको ठूलो भूभाग सुख्खा र खडेरीले संकटग्रस्त रहेका बेला प्रियङ्काको यो कदमले देशविदेशमा पनि चर्चा पाइरहेको छ। एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.