-->
चाइना साउदर्नको काठमाडौं उडान मंगलबारदेखि सुचारु

काठमाडौं—चाइना साउदर्नले गोन्जाउ–काठमाडौंको उडान ७ महिनापछि सुचारु गर्ने भएको छ। भारतको नाकाबन्दीका कारण काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव भएपछि गत असोज २१ गते कम्पनीले काठमाडौंको उडान बन्द गरेको थियो।
मंगलबारबाट सुचारु हुने उडान हप्तामा तीन वटा हुनेछन्। 'गोन्जाउ–काठमाडौं रुटमा वैशाख १३ गते मंगलबारदेखि उडान सञ्चालन हुँनेछन्', कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'हप्तामा तीन उडान गरिनेछ।'
मंगलबार, बिहीबार र शनिबार काठमाडौं–गोन्जाउ रुटमा उडान हुने कम्पनीले जनाएको छ। सन् १९८९ मा स्थापना भएको चाइना साउदर्न चीनको सबैभन्दा ठूलो नेटवर्क भएको एयरलाइन्स कम्पनी हो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.