-->
बन्दुकधारीद्वारा एक सय ४० जनाको हत्या, ३९ बालबालिकाको अपरहण

वैशाख ५ – बन्दुकधारीले दक्षिणी सुनाडनसँग जोडिएको आफ्नो देशको क्षेत्रका एक सय ४० जनाको हत्या गरेको तथा ३९ जना बालबालिका अपहरण गरेको इथियोपियाले जनाएको छ । आक्रमणकारी दक्षिणी सुडानको मुर्ले समुदायका सदस्य रहेको इथियोपियाका सञ्चारमन्त्री ग्याटाच्यु रेडाले बताउनुभयो । सुरक्षाकर्मीले आक्रमणकारी विरुद्ध कारबाही गरिहेको र अहिलेसम्म ६० जना आक्रमणकारी मारिएको उहाँले बताउनुभयो । इथियोपियामा दक्षिणी सुडानका हजारौं शरणार्थी छन् । सन् २०१३ मा दक्षिणी सुडानमा भएको हिंसापछि उनीहरु शरण खोज्दै इथियोपिया पुगेका हुन् । दक्षिणी सुडानमा राष्ट्रपति साल्वा किरले उपराष्ट्रपति रिएक मचारले सत्ता हत्याउन खोजेको आरोप लगाउँदै उनलाई बर्खास्त गरेपछि हिंसा भड्किएको थियो ।
तर अहिले इथियोपियामा आक्रमण गर्नेको सम्बन्ध दक्षिणी सुडानको सरकार वा विद्रोहीसँग रहेको नदेखिने रेडाले बताउनुभयो । इथियोपियाको गाम्बेला क्षेत्रमा यो घटना भएको हो ।
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.