प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन जुधेको भन्दै गणतन्त्र दिवस सार्न नमिल्ने भएकाले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका हुन्।
गणतन्त्र दिवस मूल समारोह समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने दिन पनि संविधानमा नै तोकिएकाले यस विषयमा राजनीतिक दलहरुबीच छलफल गरेर सहमति कायम गर्न आवश्यक रहेको बताए।
उनले गणतन्त्र दिवस राष्ट्रिय उत्सव भएको र त्यो दिन विभिन्न कार्यक्रम हुने भएकाले त्यसै दिन बजेट प्रस्तुत गर्नु सान्दर्भिक नहुने बताए।
प्रधानमन्त्री अध्यक्ष रहेको गणतन्त्र दिवस मूल समारोह समितिले जागरण गीत बजाउने, शहरी क्षेत्र सरसफाइ गर्ने, दिपावली गर्ने, सेनाद्वारा बिगुल बजाउने, पूजापाठ गर्ने, लोकदोहोरी गीत र फुटबल प्रतियोगिता गर्ने लगायतका कार्यक्रम गरेर गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...