पोखरा– श्री वैष्णव कृष्णदासजी महाराजले पोखरामा आफ्नो योग साधनावाट चमत्कार देखाएका छन् । उनी खाना र अक्सिजनबिनै ९ दिनदेखि भूसमाधिमा वसेका थिए ।
विहान ठिक १० वजेर २० मिनेट जाँदा वावालाई उनका अनुयायीहरुले माटोले छोपिएको काठको वाकसवाट निकालेका थिए । वावा समाधिमा वसेको वासक ५ फिट लम्वाई र ३ फिट चौडाईको रहेको उनका चेला गोविन्द शर्माले वताए ।
वावाले समाधिमा वस्नु अघि विहान ९ वजेर ३० मिनेट जाँदाको समयमा वाकस खोलिदिनु भने वमोजिम नै उनका अनुयायीहरुले सोही समयवाट वाकस खोल्न सुरु गरेका थिए । पहिला वाकस वाहिर उम्रिएका जमरा उखेलेर मात्र अनुयायीहरुले माटो भित्रको वाकस झिकेका थिए ।
नौदिन अघि गत चैत २६ गते साँझ ६ वजेर ३० मिनेट जाँदा जसरी वावा समाधिमा पसेका थिए आज निस्कँदा पनि उनको स्वरुप उस्तै भएपछि चिकित्सा जगत नै अचम्ममा परेको छ ।
समाधिमा वस्नु अघि वावाको स्वास्थ्य जाँच गरेका डा कालु शर्माले आज समाधिवाट निकाल्ने वेलामा पनि उनको स्वास्थ्य जाँच गरेका थिए ।
तर शर्माले वावा समाधिमा वस्दा जुन अवस्थामा थिए अहिले पनि उनको स्वास्थ्य तलमाथि नभएको प्रतिकृया दिए ।
चिकित्सा पद्धति अनुसार मानिस ३ मिनेट भन्दा वढी अक्सिजन विना वाँच्न नसक्ने वताईएपनि वावा झण्डै २ सय १६ घण्टा भूसमाधिमा समाधिमा वसेका थिए ।
वावा समाधिमा वस्नु अघि शंख फूकेर वसेका थिए भने आज समाधिवाट वाहिर निस्कदा पनि वावाले शंख नै फूकेर वाहिर निस्किएका थिए । वावाले आज मुख खोलेर केही नवोलेपनि भोलि आफ्ना भक्त जन र शुभेच्छुकलाई प्रसाद वितरण गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।
वावाको शनिवार पोखरामा भव्य रथारोहण सहित अभिनन्दन हुने वताईएको छ । वावाको समाधि कला हेर्न हजारौ भक्तजनहरु पोखराको रामघाट स्थित नरनारायण आश्रममा भेला भएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...