वैशाख १ – ९८ मिनेटमा सात गोल तथा ६ वटा रातो कार्ड, प्यासिफिक आइल्याण्डको ओएफसी च्याम्पियन्स लिग अन्तर्गतको एक खेलमा । यसलाई अहिलेसम्म कै संघर्षपूर्ण खेल मानिएको छ ।
ओएफसी अन्तर्गत किवी एफसी र नादी एफसीबिचको खेलमा यस्तो भएको हो । सामोआको किवीले सुरुको २१ मिनेटमा फिजीको नादीसँगको खेलमा ३–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । किवीले १० मिनेट बाँकी हुँदा खेल लगभग जित्ने देखिएको थियो किनकी उ ३–१ ले अघि थियो । तर त्यसपछि खेल नाटकीय मोडमा पुग्यो । ८१ औं मिनेटमा किवी र नादीका एक एक खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै तर्फ ९/९ खेलाडी भए । यस्तै ८८ औं मिनेटमा किवीका र ९७ औं मिनेटमा नादीका खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै तर्फ ८/८ खेलाडी भए । ३–१ ले पछि परेको नादीका खेमले ८७, ९६ र ९८ मिनेटमा गोल गरी टिमलाई ४–३ को जित दिलाए ।
त्यसअघि आठौं मिनेटमानै खेमले एक गोल गरेका थिए । सोलेमन आइल्याण्डका रेफ्री जर्ज टाइमले ९ मिनेट समय थप्नु नादीका लागि फाइदाजन बन्यो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...