-->
किन चुक्दै छ बार्सिलोना

काठमाडौं–१६ मार्चमा लुइस सुआरेज, नेमार र मेसीले गोल गरेपछि स्पेनिस आइन्ट बार्सिलोनाले इंग्लिस क्लब आर्सनलमाथि च्याम्पियन्स लिगअन्र्गत क्वाटरफाइनलको दोस्रो लेगमा ३–१ को जित हात पार्यो । बार्सिलोना समग्रमा ५–१ को जित निकाल्दै अन्तिममा चार पुग्यो । आर्सनलसँग हात पारेपछि बार्सिलोना लगातार ३८ खेलमा अपराजित रह्यो । ला लिगमा उपाधि होडमा रहेका एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँग ९ अकंको अग्रता लिएको बार्सिलोना कोपा डेल रेको पनि फाइनलमा पुगिसकेको थियो ।
अप्रिलदेखि खराब नतिजा
अप्रिलको सुरुवातदेखि बार्सिलोनाको खराब दिन सुरु भयोे । पुरोपियन च्याम्पियन्स लिग सेमिफाइनलबाटै बाहिरिएको बार्सिलोनाको लागातार दुई उपाधि जित्ने सपना चकनाचुर भयो । लगत्तै बार्सिलोना ला लिगमा लगातार तीन खेलमा पराजित भयो ।
१३ वर्षपछि तीन खेलमा पराजित
बार्सिलोना पछिल्लो वर्षमा पहिलोपटक लगातार तीन खेलमा पराजित भयो । यसतै, ला लिगको पछिल्ला चार खेलमा जित हात पार्न सकेको छैन । पछिल्ला ६ खेलमा बार्सिलोनाले एक खेलमा मात्र जित हात पारेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.