-->
जापानमा भूकम्प : ११ जनाको मृत्यु, ७ सय ६० घाइते

वैशाख ४ – जापानमा शुक्रबार राति गएको ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ज्यान जानेको संख्या ११ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपाली समय अनुसार शुक्रबार राति ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्याण्डको कुमामोटो शहर केन्द्र विन्दु भएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण घाइते भएका सात सय ६० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
केही मानिस भत्किएका भवनमा पुरिएको स्थानीय सञ्चारमा माध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि अस्ति राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ९ जनाको ज्यानगएको थियो । भत्किएका भवनमा झण्डै ८० जना फसेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् ।
शुक्रबार रातिको भूकम्पपछि कम्तिमा ५० वटा परकम्प गएका छन् । भूकम्पका कारण जमिनमा धाँजा फाटेको छ भने आवासिय भवन भत्किएका छन् । यस्तै केही ठाउँमा आगो लागेको र विद्युत आपूर्ति पनि बन्द भएको जापनको सार्वजनिक प्रशारक संस्था एनएचकेले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.