-->
अभिनेता अक्षय कुमार पक्राउ, बलिउडमा खैलाबैला

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार पक्राउ परेका छन् ।
उनलाई बेलायतको हिथ्रु विमानस्थलबाट प्रहरीले पक्राउ गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डिया ले जनाएको छ ।
समाचार अनुसार बुधबार दिउँसो लण्डनको हिथ्रो विमानस्थलमा अप्रवास सम्बन्धि अधिकारीहरुले अक्षयकुमारलाई आधा घण्टा सम्म नियन्त्रणमा लिएर सोधपुछ गरेर छोडेका थिए ।
फिल्म सुटिङका लागि १५ दिने लण्डन बसाइका लागि मुम्बइबाट लण्डन पुगेका अक्षयलाई भिसा विना नै बेलायत आएको आरोपमा अधिकारीहरुले यात्रु प्रवेश कक्षबाट पक्राउ गरेका हुन् ।
अक्षय पक्राउ परेको समाचारपछि बलिउडमा खैलाबैला मच्चिएको छ । यता अक्षयले भने आफू पक्राउ नपरेको दाबी गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.