काभ्रे, ११ वैशाख । काभ्रेमा घर हिडेकी एक महिला जीपका खलासीबाटै बलात्कृत भएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोक भोटसिपा–६ घर भएका बा.३ ख ९१७३ नम्वरको महेन्द्र निशान गाडीका सह–चालक २५ बर्षीय राकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले शुक्रबार राति ज्याम्दी–८ स्थित जंगलमा बाह्रविसे–२ घर भएकी १६ बर्षीया महिलालाई जिरो किलोबाट उक्त गाडी चढी घर जान लागेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ । उक्त घटनाको स्थानीय बासिन्दाले थाहापाई तामाङ सहित गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी दोलालघाटमा जानकारी गराएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया


0 comments
प्रतिक्रिया दिनुहोस्...