एजेन्सी: आफ्नी सात महिने छोरीको बलात्कार भएपछि रिसले आगो भएका बाबुले बलात्कारमा संलग्न युवाको दुबै हात काटिदिएका छन् ।
भारतको पञ्जाव राज्यस्थित बठिन्डामा पीडित नाबालिकाका पिताले मंगलवार आरोपी युवाको दुबै हात काटिदिएर फरार भएका हुन् ।
दुबै हात काटिएपछि खेतमा रगतले लत्पतिएको अवस्थामा भेटिएका ती युवालाई स्थानीयले उपचारका लागि अस्पताल लगेका छन् ।
स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई फरिदकोट मेडिकल कलेज रेफर गरिएको छ ।
सन् २०१४ मा नाबालिकामाथि बलात्कार भएको थियो । बठिन्डाको गाउँ कोटली अब्लुमा इँटा भट्टामा काम गर्दै आएका परमिन्दरमाथि उनीसँगै काम गर्ने साथीको सात महिने छोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।
पीडितका बाबुको उजुरीपछि अदालतमा मुद्दा चलाएर ती युवालाई जेल पनि पठाइएको थियो । तीन महिनाअघि मात्रै परमिन्दर जेलबाट रिहा भएका थिए ।
यो मामिला अझै पनि अदालतमा चलिरहेको थियो । यसैका लागि पीडित बालिकालाई लिएर बाबु मंगलवार अदालतमा बयान दिन गएका थिए ।
बालिकाका पिताले आरोपी परमिन्दरसँग अदालत बाहिर यो घटना मिलउने प्रस्ताव गरेर उनलाई आफूसँगै मोटरसाइकलमा लिएर गाउँ झुम्बातर्फ खेतमा लगरे गएका थिए ।
त्यहाँ उनले यी युवालाई रुखमा बाँधेर पहिले गम्भीर घाइते हुने गरी पिटियो । त्यसपछि उनले दुबै हात काटिदिए अनि त्यहाँबाट फरार भए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...