एजेन्सीः नवौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट शनिबारदेखि सुरु हुँदै छ । आईपीएलमा ८ टोलीको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा भारतीय कप्तान महेन्द्र सिंह धोनी नेतृत्थ्को टीम राइजिङ सुपरजाइन्टस् पुणे र रोहित शर्माको टीम मुम्बई इण्डियन्सले शनिबार राति ८ बजे मुम्बईको वनखडे स्टेडियममा खेल्दैछन् ।
करिब एक महिना चल्ने आईपीएलको फाइनल जेठ १६ गते हुने छ । आईपीएलका ५९ खेल भारतका विभिन्न १० सहरमा हुँदैछन् ।
नवौँ संस्करणको आईपीएलमा अघिल्लो संस्करणका दुई टीम चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको ठाउँमा धोनीको पुणे र सुरेश रैनाको नेतृत्वमा रहेको गुजराती लायन्स सहभागी हुने भएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...