-->
सहज छैन आईफोनमा काम गर्न, यस्तो छ दैनिकी !

आइफोनमा काम गर्नेहरुको जीवनशैली कस्तो होला? तपाई हामी सबैले सोच्छौँ कि सहज र रमाइलो होला। तर आईफोन बनाउन खटिने कर्मचारीहरुको दैनिकी निकै जटिल छ।
आधा दशकको अवधिमा फ्याक्ट्रीमा काम गर्नेहरुमध्ये १७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। त्यसैले फ्याक्ट्रीको कम्पाउण्डमा जाली लगाएर सावधानी अपनाइएको छ।
२०१३ को तथ्याङ्कअनुसार फ्याक्ट्रीमा १० लाख कामदार छन्। गत वर्ष कम्पनीले ९ करोड फोन बनाएको थियो।फ्याक्ट्रीमा काम गर्नेहरुको सबैभन्दा पहिला मिटिङ सुरु हुन्छ बिहान ८ः १० बजे।
२० मिनेटको समय मिटिङका लागि छुट्याइएको छ। मिटिङमा उनीहरुले अनुशासित, सक्षम, एकताबद्ध र मेहनती भएको प्रतिबद्धताको स्लोगन दोहोर्याउनुपर्छ। मिटिङपछि काम सुरु हुन्छ।
कर्मचारीहरुले दैनिक १२ घण्टा काम गर्नुपर्छ। कामको सिलसिलामा एकअर्कासँग बाह्य कुरा गर्न, बसिरहेको सिटबाट उठ्न, कार्यक्षेत्रमै पानी पिउन र सेलफोन राख्न मनाही छ। कार्यअवधिमा बाहिर कम्पाउण्डमा जान, घुमफिर गर्न पाइँदैन। बाथरुम ब्रेक लिनुपरेमा टिम लिडरसँग अनुमति लिनु जरुरी छ।
१२ बजे लञ्च ब्रेक हुन्छ। कामदारले लञ्च वा डिनरका लागि ५ देखि १० आरएमबी (नेपाली रुपैयाँ करिब ८२ देखि १ सय ६३ सम्म) खर्च गर्न पाउँछन्।
१ बजे काममा फर्किनुपर्छ। साँझ फर्किने समयमा पनि दिनभरको कामको समिक्षा मिटिङ हुन्छ। त्यसपछि कम्पनीले राति ९ बजे डिनरका लागि लैजान्छ। डिनरपछि कामदारलाई बस्ने होस्टलमा १० बजे पुर्याइन्छ।
बस्ने होस्टलमा पुगिसकेपछि ११ बजेसम्म सबै कर्मचारीले चिसो पानीले नुहाउनुपर्ने हुन्छ। साढे ११ बजेसम्म सेलफोन तथा इन्टरनेट चलाउन सक्नेछन्। यसरी उनीहरुको दिन सकिन्छ। भोलिपल्ट बिहान उठेर कार्यालय जानुअघिसम्म आफ्नो काम गर्न सक्ने छन्।
चीनको 'चाइना लेबर वाच'ले यो कुराको खुलासा गरेको हो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.