पाँचथर / सुदूरपूर्वी पहाडि जिल्ला पाँचथर बाट २३ करोड ८० लाख ३३ हजार रुपैया वरावरको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । गत साउन देखि चैत्र १५ गतेसम्ममा ४ हजार ३ सय २८ मेट्रिकटन सुन्तला निर्यात भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका कृषि प्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिनुभयो ।
यस्तै गत आर्थिक वर्ष ०७१÷०७२ मा २२ करोड ७६ लाख १० हजार रुपैयाको सुन्तला निर्यात भएको थियो । गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सुन्तलाको उत्पादन क्षेत्रफल वृद्दि भएकोले उत्पादन र निर्यात दर पनि वढेको हुन सक्ने कृषि प्रसार अधिकृत सिंहले वताउनुभयो ।
गत आर्थिक वर्ष ६ सय ७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला यस आर्थिक वर्षमा भने ६ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । जिल्ला बाट उत्पादन भएको सुन्तला झापाको विर्तामोड,दमक,धुलावारी हुँदै भारत तथा काठमान्डौँ समय निर्यात हुने गरेको छ । जिल्लाको फिदिम नगरपालिका, नाँगी, लुम्फाबुङ, आङसराङ, चिलिङदेन, कुरुम्बा,रानीगाउँ गाविस सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । यी स्थानमा बगानमै ब्यापारीहरु आएर सुन्तला खरिद गरी लैजाने गर्दछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...