भर्खर-भर्खर गाउँमा कच्ची सडक पुगेको थियो, ट्रयाक्टर आउन थालेको थियो । उनको गाउँनेर ट्रयाक्टर फसेछ, म हेर्न गएँ, उनी पनि आइन्, दुवै केटाकेटी थियौँ । हाम्रो हेराहेर भयो, तर उनको हेराइ कता-कता मेरो मनमा गढेझैँ भयो, उनले मायाले हेरेजस्तो लाग्यो ।
भोलिपल्ट स्कुलबाट र्फकंदै थिएँ, मेरी गाउँकी बहिनी, जो उनीसँगै पढ्थिन्, उनले चिठी ल्याएर दिइन्, कल्पे (कल्पना)ले पठाएको भनेर ।
चिठीमा लेखिएको थियो- श्री प्राणभन्दा प्यारो बद्री ! महभन्दा गुलियो, आकाशभन्दा फराकिलो, नदीभन्दा लामो माया, सम्झना… ।
उनी साह्रै राम्री थिइन्, मलाई अघिल्लो दिनको नजर जुधाइमा मैले उनलाई निकै राम्री देखेको थिएँ । अघिल्लो दिनको हेराइ नभन्दै विशेष रहेछ । मैले चिठीको जवाफ पठाएँ । त्यसपछि चिठी आदान-प्रदान चलिरह्यो । यो ८ आठमा पढ्दाको कुरा हो, उनले ६ मा पढ्थिन् । उनी मभन्दा तीन वर्ष कान्छी छिन् ।
मैले गाउने उनी नाच्ने
एउटै स्कुलमा पढ्थ्यौँ । दुवैको घर पाल्पा रामपुर, वडा फरक थियो, मेरो घरबाट उनको घरसम्म हिँडेर जान १५ मिनेट लाग्थ्यो ।
मैले सानैदेखि गाउँथेँ । मेरो गायनमै ध्यान जान्थ्यो । यतिसम्म कि भोलिपल्ट एसएलसी थियो, आज साँझझैँ सांस्कृतिक कार्यक्रम थियो, म गीत गाएर एसएलसी दिन गएको थिएँ ।
हाम्रो पहिलो देखादेख गाउँमा राजनीतिक दलको सांस्कृतिक कार्यक्रमको रिहर्सलमा भयो । त्यसमा मैले गाउने र उनी नाच्ने कुरा थियो ।
मेरो गीत थियो-
तिरिरी दाजै बाँसुरी बज्यो वनैमा ।
दुःख लाग्छ दाजै बाबाको मेरो मनैमा ।।
उनी रिहर्सल त गरिन् । तर, पछि नाच्न आइनन् । यतिञ्जेल मैले उनलाई खासै ख्याल गरेको थिइनँ, तर उनले ख्याल गरेकी रहिछन्, उनले मलाई मन पराउँदिरहिछन्, पछि चिठी पठाएर मात्रै थाहा भयो ।
हाम्रा हुलाकी पाँचजना
म काठमाडौं आउनु अघिसम्म हरेक दिनजसो चिठी चल्थ्यो । आज उनको चिठी आउँथ्यो, त्यसको जवाफ मैले भोलिपल्ट दिनुपथ्र्यो । दिएन भने बबाल हुन्थ्यो । राधा भुजेल, अमृता मल्ल, शान्ति घिमिर उनका हुलाकीमा थिए ।
सुन्दर रेग्मी, टेकबहादुर विक र राधा भुजेल मेरा हुलाकी थिए । हुलाकी साथीहरुसँग कहिलेकाहीँ भेट हुँदा साह्रै रमाइलो लाग्छ । डाँडा, सिल्टुङघारी, खोलाको ढिक, खेतको बीचमा भेट्थ्यौँ । उनलाई भेट्न जाँदा मैले साथी लिएर जान्थेँ ।
स्कुलका विद्यार्थीबीच हाम्रो प्रेमको चर्चा खुब हुन्थ्यो । कक्षा कोठाका बोर्डदेखि बाटोको ढुंगा-ढुंगामा, रुख-केतुकेको पातमा बी प्लस के (बद्री र कल्पना) लेखेको देखिन्थ्यो । स्कुलमा त हाम्रो सुपरहिट जोडी थियो ।
पारिवारिक पृष्ठभूमि
त्यतिबेला उनकी आमा विमला वाशिष्ठ स्कुलकी शिक्षिका हुनुहुन्थ्यो, बुवा गिरिराज वाशिष्ठ पूर्वप्रधानपञ्च, प्रशस्त जग्गा भएको, हुनेखाने परिवार । उहाँहरु उपाध्याय हुुनुहुन्छ ।
मेरो बुवा कृषक हो । उब्जनीले खान पुग्छ । मेरा दुइटी आमा हुनुहुन्छ, म कान्छीतिरको हुँ । अहिले दुवै आमा खसिसक्नुभयो । बुवा घरमै हुनुहुन्छ ।
पाल्पाको रामपुरको श्री दराईं ठाँटी माविबाट मैले एसएलसी गरेँ, ०५५ सालमा । त्यसपछि म काठमाडौं आएँ, गायक बन्न ।
काठमाडौं आएको दिन सुन्धाराको याक होटलमा बस्यौँ, साथीहरु पनि थिए । सौभाग्य भनौँ, सुन्धारामा भर्खरै पुकार दोहोरी साँझ खुलेको रैछ । दोहोरी गाएको सुनेँ, पाँच सय खर्च गरेर दोहोरी साँझ गएँ । गीत गाएँ । मैले गाएको दोहोरीसाँझका साहु मुक्ति गुरुङले मन पराउनुभएछ । उहाँले बोलाएर भन्नुभयो, ‘ए भाइ, यहाँ गीत गाउने जागिर गर्छौ ?’
मैले खोजेकै जागिर थियो, गर्छु भनेँ । ६ वर्षसम्म पुकारमा गीत गाएँ । पुकारमा जागिर गर्दागर्दै पहिलो लोकदोहोरी एल्बम निकालेँ- तानसेन खस्यौली । त्यसपछि क्रमशः पीएन क्याम्पस, ब्युटी नम्बर वान, ससुरालीमा एल्बम निकालेँ । पीएन क्याम्पसले अलिअलि चिनायो ।
चौथो एल्बम ‘ससुरालीमा, ख्यालख्यालमै दिलबस्या कान्छी सालीमा’ले धेरैतिर चिनायो । पुकार दोहोरीसाँझ बन्द भएपछि कमलादीमा निरमाया दोहोरीसाँझ खोल्यौँ, चारजना साथी मिलेर । अझै पनि निरमायामा गाउँछु ।
अकस्मात उनको चिठी आउन रोकियो
त्यतिबेला पाल्पाको रामपुरमा एउटा मात्रै फोन थियो । त्यसले यति ठूलो भेगलाई धान्नुपथ्र्यो कि एक कल फोन गर्ने पालो आउन दुई-तीन दिन लाग्थ्यो । काठमाडौं आइसकेपछि पनि हाम्रो फोनमा कुरा भइरहन्थ्यो, उनले मलाई पुकार दोहोरी साँझको नम्बरमा फोन गर्थिन् । चिठी आदान-प्रदान भइरहन्थ्यो ।
एकचोटि फोन गर्न छाडिन् । मैले फोन गरेर बोलाउन पठाउँदा पनि उनी आइनन् । लामै समय चिठी पठाइनन् । मैले पठाएको चिठीको पनि जवाफ फर्काइनन् । यसरी नै तीन महिना बित्यो, मलाई साह्रै पीडा भयो ।
मलाई लाग्यो, उनले मलाई छोडिन् । त्यही बेला पाल्पा रामपुरमा बृहत सांस्कृतिक कार्यक्रम पर्यो । म काठमाडौं आएर एल्बम निकालिसकेको थिएँ । मलाई पनि त्यहाँ गीत गाउन जाने अवसर मिल्यो । त्यो कार्यक्रम हेर्न उनी र उनकी आमा पनि आउनुभएको थियो ।
गाउँमा सांस्कृतिक कार्यक्रम हुँदा सबै रमाउँछन् । तर, त्यहाँको रमाइलोले मलाई छाऐको थिएन, उनी एकाएक टाढिएकोमै चिन्ता थियो । स्टेजमा गएर मैले गीत गाएँ-
राम्चे वनको जोडी ढुकुर बादलपारि गयो हजुर ।
अन्जानमै लाको माया अलपत्रै भयो हजुर ।।
हाम्रो गाउँमाथिको वनलाई राम्चे वन भनिन्छ । यो गीत सुनेपछि उनी त्यहीँ रोइछन्, त्यहाँ बस्नै नसकेर घर गइछन्, ढोका थुनेर रुँदै रहिछन् । उनकी आमाले ‘किन रोएको, के भो’ भनेर सोध्नुभएछ ।
उनले भनिछन्, ‘म बद्रीबिना बाँच्न सक्दिनँ । ऊसँग बिहे भएन भने म मर्न पनि सक्छु ।’
उनकी आमाले मलाई खबर पठाउनुभयो । गाउँनजिकै बहखोला थियो । उनी, उनकी आमा र म बहखोलाको ढिकमा भेट्ने कुुरा भयो । त्यहाँ भेटेपछि मात्रै उनी टाढिनुको कारण थाहा भयो ।
भएको के रहेछ भने, उनले मलाई थुप्रै चिठी पठाएकी रहिछन् । तर, पोस्ट बक्स नम्बर फरक परेछ । रजिस्टर गरेर पठाएको चिठी ठेगाना फरक पर्यो भने फिर्ता आउँछन् । फिर्ता गएको चिठी उनको बुवाले पाउनुभएछ र घरमा बबालै भएछ ।
यो सबै कुरा सुनेपछि उनीप्रतिको मेरो माया झनै बढेर आयो । मैले उनकी आमालाई भनेँ, ‘म कल्पनाबिना बाँच्न सक्दिनँ ।’
आमाले भन्नुभयो, ‘यस्तो पवित्र माया रहेछ । मैले सामान्य ठानेकी थिएँ । म यो प्रेम असफल हुन दिन्नँ, मेरो वचन भयो । छोरी तिमीले पनि राम्रोसँग पढ्नुपर्छ । तपाईंले आफ्नो कलाकारितामा मन दिएर लाग्नु, उमेर पुगेपछि मैले जसरी हुन्छ, मैले बिहे गरिदिन्छु ।’
ससुराबाले अर्कै ज्वाइँ खोज्न थालेपछि
आमाको आश्वासन पाएपछि हामी दुवै ढुक्क थियौँ । उनले कलेज पढ्ने, मैले कलाकारितामा केही गर्ने, आत्मनिर्भर


0 comments
प्रतिक्रिया दिनुहोस्...