-->
भारतले नेपालमा फेरि नाकाबन्दी गरे हस्तक्षेप गर्ने चीनको तयारी

काठमाण्डाै / नेपालका लागि चिनियाँ राजदूत डा. महेश मास्केले चीन नेपालको वर्तमान नेतृत्वप्रति विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको उच्च महत्व, १० सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यले त्यसलाई पुष्टि गर्ने उनले बताए ।
राजदूत मास्केले नेपाललाई इन्धन दिन चीन तयार रहेको भन्दै केही व्यवहारिक र कानूनी प्रक्रिया मिलाउनुपर्ने भएकाले ढिलाइ भइरहेको दाबी गरे । भारतीय नाकाकन्दीले बिग्रिएको दुई देशबीचको सम्बन्धमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाएर सम्बन्ध सुधारको प्रयास गरेको भन्दै उनले भारले नेपालमाथि फेरि नाकाबन्दी लगाउने सम्भावना कम रहेको दाबी गरे ।
तर, फेरि नाकाबन्दी भए चीन नेपाल आउन बाध्य हुने उनको भनाइ छ । ‘नेपाल–भारत सम्बन्धमा भइरहेको सुधारलाई फेरि बिगार्ने मनसायमा भारत छ जस्तो मलाई लाग्दैन’, नयाँ पत्रिकामा बिहीबार प्रकाशित अन्तर्वार्तामा राजदूत मास्केले भनेका छन्, ‘यद्यपि त्यस्तो घटना फेरि दोहोरिए चीन हरसम्भव तरिकाले नेपालको सहयोगका निम्ति आउन बाध्य हुनेछ ।’
राजदूतले नेपाल चीनको आर्थिक विकासमा साझेदार हुन चाहन्छ र साझा समृद्धिका सहकार्य गर्न अग्रसर र उत्साहित रहेको उनको भनाइ छ ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.