-->
मङ्गलबार राती फेरि दोलखा केन्द्रविन्दु भएर भुकम्पको धक्का

काठमाडौं, ३० चैत । नेपालमा मंगलबार राति फेरि भूकम्प गएको छ ।
राति ८ बजेर २६ मिनेटमा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र का प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यसवर्ष चार सय भन्दा बढी धक्काहरु महसुस गरिएका छन् ।
यसअघि ललितपुर केन्द्रविन्दू भएर शनिबार राति ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.