-->
झरनालाई पुत्रलाभ

काठमाडौं । नायिका झरना बज्राचार्यलाई पुत्रलाभ भएको छ । मलेसियाका ब्यापारी राहुल अग्रवालसँग विवाह बन्धनमा बाँधिएर मलेसियामै घरजम गरेकी झरना आफैले समाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर पोष्ट गरेकी छन् ।
भारतीय मुलका मलेसियन ब्यापारी राहुल चलचित्र निर्मातामा पनि हुन् । नेपाली चलचित्र ‘सेफल्यान्डिङ’ छायांकनको क्रममा झरनाको राहुलसँग प्रेम भएको थियो ।
झरनाले नेपाली तथा हिन्दी सिनेमामा समेत अभिनय गरेकी छन् । प्रकाश सायमीको चलचित्र चलचित्र ‘हतियार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरना पूर्व मिस नेपाल हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.