भारतमा जारी रहेको आइपिएल र युरोपमा भइरहेका फुटबल प्रतियोगिताको नेपालमा समेत बाजी हुने गरेको छ ।
प्रहरीले बाजी खेलाउने साङगे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि सट्टेबाजीको धन्दा चल्ने गरेको खुलेको हो । उनीहरुले सट्टेबाजीसम्बन्धी बेवसाइट ब्रेट ३६५ डटकमको रेटको आधारमा नेपालमा बाजी खेलाउँदै आएको प्रहरीले जनाएको अाजको नयाँ पत्रिकामा समाचार छ ।
यद्यपि उनीहरुले एक दिनमा १०-१५ लाख रुपैयाँको कारोबार गर्दथे । पाँच हजारदेखि १०-१५ लाख रुपैयाँ सम्मको बाजी उनले खेलाउने गर्दथे । फोनबाटै डिल गरी उनीहरुले पैसा लेनदेन गर्दथे ।
ठकुरीकै नेतृत्वमा यसरी सट्टेबाजीको धन्दा चल्दै आएको थियो । करिब सयजनाको समूहमा उनले बाजी खेलाउँदै आएका थिए । अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालमा सट्टेबाजीको काम गर्ने ठूलो गिरोह पनि सक्रिय रहेको स्रात बताउँछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...