-->
रहस्यमय जंगल, जहाँका रुखहरु हिंड्छन् (फोटो सहित)

एजेन्सी । संसारमा यस्ता चिज पनि छन् जुन आम मानिसले विश्वास गर्नै सक्दैन । तपाईलाई जंगलका रुखपनि हिड्छ भन्दा पत्यार नलाग्न सक्छ । तपाईले कुनै तिलस्मी सिनेमामा मात्रै त्यो दृष्य देख्नु भएको छ होला । तर समाचारमा बताइए अनुसार रुखहरु नै हिड्ने जंगल यही पृथ्वीमा रहेको तथ्य खुल्न आएको छ ।
इक्वेडरको जंगलमा यस्तै रहस्यमय हिंड्ने रुखहरु पाईन्छन् । यी रुखहरु कहिले काँही दैनिक दुई देखि तीन सेन्टिमिटरसम्म हिंड्ने गरेको वैज्ञानिकहरुले बताएका छन् ।
कसरी हिंडने गर्छन् रुख ? माटो खिइएर जाने प्रकृयाले गर्दा यी रुखका जराहरुले नयाँ जरा निकाल्दछ र ती नयाँ जराहरुले नजिकको नयाँ बलियो माटोमा आफ्नो पकड बनाएपछि पुरानो जरा माथि तिर हावामा फर्किन्छ र रुख नयाँ जरा तिर विस्तारै ढल्कदै सर्न थाल्दछ ।
वैज्ञानिकहरु भन्छन् यसरी रुख सर्ने क्रमसंगै कालान्तरमा पुरै जंगल नै सर्न सक्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.