-->
पेन्टागन हमलाको २७ पृष्ठ लामो गोप्य रिपोर्ट सार्वजनिक हुँदै, अधिकांश आतंकवादी साउदी अरेवियाली

एजेन्सी।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसले विवादित सेप्टेम्बर ११ को पेन्टागनमा भएको आतंककारी हमलाको गोप्य रिपोर्ट सार्वजनिक गर्ने भएको समाचार
डेली मेलले जनाएको छ ।
रिपोर्टमा आतंकावादी हमलामा प्रयोग भएको विमानका अपहरणकारिलाई सघाउनेहरुको विस्तृत विवरण खुलाईने जनाईएको छ ।
ओवामा प्रशासनले केहि दिनमा नै सो गोप्य रिपोर्ट मार्फत सेप्टेम्बर ११ घटनामा संलग्न साउदी अरेवियाका व्यक्तिहरु बारे थप विवरण बाहिर ल्याउने बताएको छ ।
रिपोर्टका अनुसार १९ अपहरणकारी मध्य १५ जना साउदी अरेवियाका नागरिक नै भएको खुलासा गरेको छ ।
ओवामा प्रशासनले गोप्य रिपोर्टको अन्तिम २८ पेजको विवरणले सो हमलामा संलग्न आतंकारिहरुको थप विवरण आउने घोषणा नै गरेको छ ।
सो गोप्य रिपोर्टलाई ह्वाईट हाउसले एउटा अत्यन्त गोप्य कोठामा राखेको छ जहाँ त्यस घटनाको अनुसन्धानमा लागेका व्यक्तिहरु मात्र प्रवेश गर्न पाउनेछन् चाहे ती विदेशी हुन् या स्वदेशी नै ।
अमेरिकाकै विभिन्न नेता तथा अधिकारिहरुले भने सो विशेष रिपोर्ट कहिले आमजनताको वीचमा ल्याउने भन्ने बारे फरक फरक धारणा व्यक्त गरिरहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.