ढाका, अत्यन्त स्वादिष्ट र बङ्गलादेशका प्राय सबै जनताले मीठो मानेर खाने गरेको माछाको मूल्य केही दिन देखि ह्वात्तै बढेको समाचार छ ।
नयाँ वर्षका कारण विशेषगरी त्यहाँको चल्तीको माछा हिल्साको मूल्य आकासिएको बताइएको हो ।
बङ्गालीहरुको नवबर्ष १४२३ को आगमनपूर्व नै सो माछाको मूल्य निकै बढेको कृषिका अधिकारीहरुले जानकारी दिएका हुन् । बङ्गलादेशको नयाँ वर्ष अप्रिल १४ मा पर्नेगर्छ ।
यस पटक पनि नवबर्षको पहिलो दिन अप्रिल १४ मा पर्ने भएकोले यस पर्वमा विशेषगरी बङ्गाली नागरिकले सबैभन्दा बढी मन पराउने गरेको यस माछाको मूल्य बढेको हो ।
सबै बङ्गाली परिवारबीच अति स्वादिष्ट भोजन मानिने हिल्सा माछा साधारणतया बङ्गालको खाडीबाट सामुद्रिक मार्ग हुँदै बङ्गलादेशका धेरैजसो नदीहरुमा जुनदेखि सेप्टेम्बरसम्म भित्रिने गरेको बताईन्छ ।
नयाँ बर्षको पहिलो दिनको उपलक्ष्यमा अधिकांश बङ्गाली परिवारले उक्त माछाको परिकार नखाइ नहुने ब्यापक मान्यता वा प्रचलन रहेको छ ।
यो मागबमेजिम यस बर्ष यथेष्ट उपलब्ध नभएका कारण सो माछाको मूल्यमा अत्यधिक रुपमा बृद्धि भएको बताइएको छ ।
यस्तो लोकप्रिय र बङ्गलादेशको ऐतिहासिक परम्परासँग जोडिएको एउटा बयस्क हिल्सा माछा सरदर ४ किलो सम्मको तौलको हुने गर्छ ।
अहिले राजधानी ढाकामा एक किलो तौल सम्मको हिल्सा माछा १० देखि १२ हजार टाका ९१५० अमेरिकी डलर बराबर० मा किनबेच भै रहेको छ ।
तर यो माछा नयाँ वर्षका लागि नभई नहुने परम्परागत खाना भएको गर्दा पनि बढी महङ्गो हुने गर्दछ ।
तर अरु सामान्य माछा भने दुई हजार देखि तीन हजार टाका सम्ममा प्रति केजी उपलब्ध हुने गरेको बङ्गलादेशको कृषि तथा माछा बिभागले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...