-->
कर छलेर अर्बौं डलर भर्जिन आइल्यान्ड पुर्याउनेको सूचिमा ७ नेपाली

काठमाडौं— स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा नेपाली पनि परेका छन्।
अनुसन्धान पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोन्ट्रियम अफ इन्भेष्टिगेटिभ जोर्नालिष्ट नामक संस्थाले आइतबार सार्वजनिक गरेको गोप्य दस्तावेजअनुसार त्यसरी कर नतिरी पैसा 'ट्याक्स ह्याभेन'टापु भर्जिन आइल्यान्ड पुर्यासउनेमा ७ नेपाली समेत रहेका छन्।
उनीहरुले नेपालमा गरेको कमाइलाई यहाँको कानुनअनुसार तिर्नुपर्ने कर नबुझाई कानुन उल्लंघन गर्दै पैसा विदेश पुर्याुएका हुन्।
यी मध्ये एउटा कम्पनी नेपाल भेन्चर्स लिमिटेड रहेको गोप्य दस्तावेजमा उल्लेख छ। पेरुमा काम गर्ने भनिएको सो कम्पनीको पृष्ठभूमिबारे केही खुलाइएको छैन। नेपालमा कर छलेर पैसा विदेश पुर्याकउने अन्य ६ छन्। उनीहरुको नाम र पृष्ठभूमिबारे खुलेको छैन।
पत्रकारहरुको संस्थाले ८ महिनाको अनुसन्धानपछि भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गर्न सहयोग गर्ने ल फर्मका दस्तावेज सार्वजनिक गर्दा स्वदेशमा कर छलेर पैसा विदेश पुर्यानउनेहरु सार्वजनिक भएका हुन्।
पत्रकारहरुको संस्थाले मोसाक फोन्सिका नामक ल फर्मका १ करोड १० लाख गोप्य दस्तावेज सार्वजनिक गरेको हो। ती दस्तावेजबाट विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार तथा व्यापारीले स्वदेशमा कर छलेर रकम ट्याक्स ह्याभेन टापु भर्जिन आइल्यान्डमा पैसा पुर्यायएको सार्वजनिक भएको छ।
अमिताभ बच्चनदेखि प्लादिमिर पुटिनसम्म
स्वदेशको पैसा कर छलेर विदेश पुर्याउनेमा बलिउड कलाकार अमिताभ बच्चन, उनकी बुहारी एश्वर्या राय पनि परेका छन्। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री नवराज सरिफ, साउदी अरबका राजा तथा आइसल्यान्डका प्रधानमन्त्रीले समेत स्वदेशमा कर छलेर भर्जिन आइल्यान्डमा लगानी पुर्यासएको दस्तावेजले देखाएको छ।
कुन कुन देशबाट कर छलेर भर्जिन आइल्यान्ड पुगेको छ रकम? म्याप हेर्नुहाेस्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.