-->
ज्योती मगरले तताइन बेसीशहर महोत्सवको माहोल, ६ हजार दर्शकले अवलोकन

निरज अधिकारी
बेसीशहर— पछिल्लो समय निकै चर्चामा आएकी लोक दोहोरी गायीका ज्योती मगरले शुक्रबाट बेसीशहर महोत्सवको माहोल तताएकी छन् । शुक्रबार ज्योती मगर आउने भन्ने थाहा पाएर टाढा टाढाबाट महोत्सवका आएका दर्शकहरुले लामो समय उनको प्रतिक्षा गरेका थिए । साँझ पख मञ्चमा उत्रिएकी मगरले जब पिरतीमा दम छ, भन्ने गित गाउँन शुरु गरेकी थिइन । दर्शकहरूबीच नृत्यको लहर नै चल्यो र एकाएक महोत्सवको माहोल नै तात्न पुग्यो ।
बेसीशहरको दनाईफाँटमा जारी पहिलो महोत्सवको तेस्रो दिन मगरले यो गीतबाट दर्शकलाई नचाएकी हुन । यसका साथै उनको चर्चामा रहेको चोरी खान पल्केको यो ढाडे बिरालो ले समेत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
उनी मञ्चमा उत्रिएपछि महोत्सव स्थलमा दर्शकहरू भरिँदै गए । दर्शकको बाक्लो उपस्थितिले हौसिएकी मगरले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिन थालेकी थिइन । युवायुवती मात्रै नभई उमेर ढल्केका बूढापाकाले समेत ज्योतीकोे गीतमा ताली बजाउँदै नाचेर साथ दिएका थिए ।
महोत्सव आयोजनाको तेस्रो दिन बेसीशहर आएकी उनले बालबालिका, युवा र वृद्ध सबैलाई हौस्याइन । गीत गाउँदागाउँदै दर्शकदीर्घामा आउने उनको शैलीले सबैलाई उत्साहित र मनोरञ्जीत बनाएको थियो । उनले रमाइला ठट्यौली गीत सुनाएकी थिइन ।
गायीका मगरको उपस्थितिले सदरमुकामकै माहोल संगीतमय बनेको महोत्सवका सांस्कृतिक उपसमिति संयोजक गजेन्द्र श्रेष्ठले बताए । ज्योति मगरसँगै शुक्रबार राष्ट्रिय लोक दोहोरी गायीका इन्द्र गुरुङ, सीता गुरुङ्, राजु आरडी, राजेश बर्देवा, प्रदिप त्रिपाठी, चस बहादुर गुरुङ् लगाएतले आफनो प्रस्तुती दिएका थिए ।
साथमा स्थानिय कलाकारको समेत प्रस्तुती रहेको थियो । महोत्सवमा शुक्रबार मात्र करिब ६ हजार दर्शकले महोत्सव अवलोकन गरेको टिकट तथा स्टल व्यवस्थापन एवं अनुगमन उपसमितिका संयोजक कृष्ण कुमार प्रधानले बताए ।
महोत्सब मार्फत उठेको रकमबाट सदरमुकाम बेसीशहर बजारमा सिसि क्यामेरा जडान गरिने आयोजक लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर ईकाईका अध्यक्ष कृष्णजंग गुरुङले बताए । महोत्सबको टिकटबाट उठेको रकमबाट द्धन्द्धपिडित बालगृह, बृद्धाश्रम, खेलमैदान लगायतलाई समेत सहयोग गरिने उनको भनाई छ ।
महोत्सबमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, औधोगिक तथा व्यपारिक प्रदर्शनी, स्थानिय घरेलु तथा हस्तकलाका सामाग्रीको प्रदर्शनी, कृषि तथा जडिबुटी, परम्परागत खाना, आन्तरिक पर्यटन टुर प्याकेज तथा सुचना केन्द्र, बाल उद्यान लगायतको आकर्षण रहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.