-->
‘मलाई प्रधानसेनापतिबाट हटाएको भए नेपाल उत्तर कोरिया बन्थ्यो’

रुकमांगदको आत्मकथा अंग्रेजीमा
काठमाडौंः पूर्वप्रधानसेनापति रुकमांगद कटवालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानसेनापतिबाट हटाएको भए नेपाल उत्तर कोरिया बन्ने बताएका छन् ।
पूर्वप्रधानसेनापति कटवालले आत्मकथा ‘रुकमांगद कटवाल–माई स्टोरी’ को अंग्रेजी संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै कटवालले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।
पुस्तक सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै कटवालले भने, ‘मलाई सेनापतिबाट हटाउने प्रयास सफल भएको थियो भने नेपाल अर्को उत्तर कोरिया बन्ने थियो ।’
तत्कालिन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति कटवाललाई हटाउन गरेको प्रयासलाई राष्ट्रपति डा. रामवरण यादवले रोकेका थिए ।
प्रकाशक नेपालयको आर–शालामा आयोजित कार्यक्रममा कटवालले पत्रकार कुन्द दीक्षित तथा हिमालयसम्बन्धी अध्यता तथा लेखक माइकेल डनह्यामलाई पुस्तक हस्तान्तरण गरेर ‘रुकमांगद कटवाल–माई स्टोरी’ सार्वजनिक गरे ।
अध्यता डनह्यामले नेपालको राजनीतिक अवस्थाबारे अध्ययन गर्न चाहनेका लागि सन्दर्भ पुस्तकको रूपमा उपयोगी हुने बताए । उनले भने, ‘एकपटक पढ्न थालेपछि अन्तिम पेजमा नपुगी रोकिन सकिँदैन ।’
पुस्तकमा सशस्त्र द्वन्द्व, शान्तिप्रक्रिया, राजनीतिक अवस्थाका साथै कटवालको बाल्यकाल, ओखलढुंगाको दुर्गम गाउँबाट संघर्ष गर्दै प्रधानसेनापतिसम्मको यात्रालाई रोचक रूपमा समेटिएको छ ।
पत्रकार किरण भण्डारीको सहकार्यमा लेखिएको पुस्तक भृकुटी राईले अंग्रेजीमा अनुवाद गरेकी हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.