काठमाडौं– मधेश जागरण अभियना लिएर मध्य तराई झरेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशभक्त नेपाली बन्न आब्हान गरेका छन् ।
महोत्तरीको दशगजा क्षेत्रमा सोमवार आयोजित सभामा बोल्दै भट्टराईले पहिचान र अधिकारले मात्र पेट नभरिने भएकाले देश विकासमा लाग्न आग्रह गरे । संयोजक भट्टराईले नयाँ शक्तिले हिमाल, पहाड र तराईलाई एकताबद्ध बनाउने अभियान थालेको बताए । सप्तरीको भारदहबाट शुरु भएको भट्टराईको अभियान बैशाख १० गते रुपन्देही पुगेर समाप्त हुने नयाँ शक्तिले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...