-->
एक व्यक्तिले रोकिदिए ६१ परिवारले प्रयोग गर्ने पिउने पानी

फिदिम : पाँचथरको पञ्चमी ८ निवासी धनवहादुर सिगुले मुहानमा अवरोध पु¥याएपछि स्थानीय ६१ घर परिवार पिउने पानीको सुविधाबाट बञ्चित भएका छन ।
सिगुले अवरोध गर्दा चैत महिनाको अन्तिम सातादेखि पञ्चमी–८ सिंबुवा र तिलाहार गाउँका वासिन्दा पानी पिउनवाट बञ्चित भएका हुन । स्थानीय उत्तिसेनी सामुदायिक बनमा मुहान रहेको उक्त खानेपानी योजना सरकार र स्थानीयको लगानीमा २०५२ सालदेखि सञ्चालनमा आएको हो ।
यद्वपी उक्त आयोजना अन्तरगत पानी जम्मा गर्ने टेंकी र मुहान आफ्ना भोगाधिकार भित्रको जग्गामा रहेकाले आफ्नो हक लाग्ने भन्दै सिगूले अवरोध गरेको पीडितहरुको भनाई छ । सिगुले आफ्नो जग्गाको मुहानबाट अनुमति बिना पानी लगेको भन्दै मुहानवाट टेंकीमा जाने पानी अवरुद्व पारेका छन ।
गाँउमा पानी लैजाँदा आफुलाई खेतीका लागि पर्याप्त नभएको उनको दावी छ । आफ्नो खेतमा सिंचाई गरेर वाँकी रहेमात्रै गाँउमा दिने भन्दै नवहादुरले पानी रोकिदिएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन सिगुले जानकारी दिए । धनबहादुरलाई खान र सिचाईका लागि पानी छुट्याएर लैजाँदा समेत मुहानमा अवरोध गरेर पानी प्रयोग गर्न नदिएको उनको दावी छ ।
उनले पानी रोकिदिएपछि उक्त मुहानको पानीको प्रयोग गर्दै आएका ६१ परिवार उपभोक्ता झण्डै तीन घण्टाको दुरीवाट पानी बोक्न बाद्य भएको वताइएको छ । यो वर्ष उक्त आयोजना मर्मतका लागि यसै आर्थिक वर्षमा भुंसरक्षण कार्यालयवाट मर्मतको कार्यक्रम परेको छ । धनबहादुरले आफु अध्यक्ष रहेर मर्मत योजना सञ्चालन गर्न पाउनुपर्ने माग गरेका र स्थानीयले त्यसो गर्न नदिएपछि पानी बन्द गरिरिदिएको स्थानीय बताँउछन ।
अवरोधका कारण उनीहरु ३० चैतदेखि चरम संकट खेपिरहेका छन् । समस्या आएपछि स्थानीयले स्थानीय स्तरमै समस्या समाधान गर्न पहल गरेपनि धनबहादुर नमानेको उपभाक्ताहरु वताँउछन ।
धनबहादुरले गाउँमा समजदारी नदेखाएपछि स्थानीयले प्रहरी चौकी अमरपुरमा बैशाख ५ गते उजुरी दिए ।
प्रहरीले उपभोक्ताको उपस्थितिमा सर्वपक्षीय भेला बोलाएर छलफल गराउन खोजेपनि धनवहादुर अनुपस्थित नहुँदा छलफल हुनै नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइराला वताँउछन । स्थानीय स्तरमा बोलाइएको छलफलमा धनवहादुर नआएपछि उपभोक्ताले प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा घट्नाको जानकारी गराएका छन् ।
पानीको मुहान अवरोध गर्ने धनबहादुर ६१ उपभोक्ताले प्रयोग गर्दै आएको पानीका कारण आफुले खेत बाँझो राख्नु परेको दाबी गर्दै खेत बाँझो राखेर स्थानीयलाई पानी नदिने अड्डी कसिरहेका छन् । आफ्ना बाबुबाजेका पालादेखि भोग चलन गर्दै आएको मुहान सार्वजनिक नरहेको उनको दाबी छ । उद्यपी उपभोक्ताहरुका अनुसार उनले निजी भनेको खानेपानीको मुहान उनको नम्बरी जग्गा भन्दा करिव ५० मिटर टाढा पर्छ ।
मुहान आफ्नो भएको भन्दै उनले सिंचाई गर्न ट्याङ्की थुनेर पानी लगेको स्वीकार गरेका छन् । उनले भने “मलाई खेत सिंचाईका लागि यही पानी लैजानु पर्छ । मैले ट्याङ्कीमा जाने पानी थुनेर लगेकै हो ।” उनी भन्छन ।
उनले बाँझो भयो भनेको खेतमा अहिले मकै र धान लगाइएको छ ।मुहानमा अवरोध गरेपछि पुरै गाउँ समस्यामा भएको उपभोक्ता रेसिका प्रधान वताउँछिन् । लगातारको छलफल पछि पनि समाधान नभए पछि पानी बिवाद समाधान नभए पछि वास्तविक अवस्था बुझ्न जिल्लाबाट एक टोली मुहान रहेको स्थान सम्म पुगेको छ । प्रहरी निरीक्षक रिपेन्द्र सिंह नेतृत्वको एक टोलीले मुहान रहेको स्थान सहित दुबै पक्षसँग जानकारी लिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.