– निशानदाजु भट्टराई
दाङ, २७ चैत । सरकारले स्थानीय निकायका कर्मचारीहरुको भत्ता बढाउने तयारी गरिरहेको उपप्रधान एवं परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले बताउनुभएको छ ।
दाङको घोराहीमा सरकारी कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले स्थानीय निकायमा कार्यरत कर्मचारीको कम्तिमा ५० प्रतिशत प्रोत्साहन भत्ता बढ्ने जानकारी दिनुभयो ।
लामोसमयदेखि जनप्रतिनिधिविहिन बनेका स्थानीय निकायका कर्मचारीहरुलाई काममा प्रोत्साहन गर्ने उद्देश्यले प्रोत्साहन भत्ता वृद्धि गरिन लागेको उहाँले स्पष्टठ पार्नुभयो ।
सरकार स्थानीय निकायको निर्वाचनमा जुटिरहेको भन्दै मन्त्री थापाले स्थानीय निकायको निर्वाचनबाट आउने जनप्रतिनिधिलाई बलियो र सुदृढ स्थानीय निकाय हस्तान्तरण गर्ने योजना अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...