एजेन्सीः बाल्टिक समुन्द्रमा अमेरिकी जहाज माथि दुई रुसी विमान उड्दा दुवै देशबीच तनाव बढेको छ ।
रुसी विमान १२ पटकभन्दा बढी समय जहाजमाथि ओहोर दोहोर गरेका थिए ।
अमेरिकी गठबन्धमा रहेका देशहरुबीच हेलिकोप्टबाट विध्वम्सक सामान बोकेको जहाजमा कसरी सहज रुपमा अवतरण गराउने भन्ने विषयमा अभ्यास जारी रहेको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार उक्त अभ्यासको निकै नजिकबाट रुसी विमान गएको थियो ।
उक्त रुसी लडाकू रहेको सुखोई एसयू २४ विमानमा कुनै हतियार भने थिएन ।
एक अधिकारीका अनुसार रुसले अमेरिका विरुद्ध गरेको सबैभन्दा आक्रमक गतिविधि हो ।
मिसाइल विध्वम्सक द युएसएस डोनल्ड कुकका कमाण्डरका अनुसार उक्त जहाज अवतरण वनावटी हमाला जस्तै थियो ।
उनका अनुसार एक पटक विमान झन्डै ३० फीटको दुरीबाट गएको थियो । जसका कारण जहाजको चारैतर्फ पानी हलचल भएको थियो ।
रुसको यस्तो गतिविधि सन् १९७० मा भएको सम्झौता उल्लंघन मान्न सकिने अमेरिकाले दाबी गरेको छ ।
त्यस्तै हेलीकोप्टरमा सवार व्यक्तिले जहाजमा भएको गतिविधि खिच्दै सात पटक ओहोरदोहोर गरेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...