-->
श्रीमानसँग हाइट नमिलेपछि सम्वन्ध बिच्छेद गर्दैछिन् यी महिला

एजेन्सी २६ चैत्र – समाजका कति घटनाहरू अचम्म लाग्दा हुन्छन् । दाम्पत्य जीवनमा खुसी र सुखी हुनकाे लागि धेरै कुराहरूकाे ख्याल गर्नुपर्छ । तब मात्र जीवन खुसी र सुखी हुन सक्छ । त्यसमाथि पनि श्रीमान श्रीमतीकाे त मन मिलनु जरूरी छ नै अहिले बाहिरी अरू धेरै कुरा पनि मिल्नु उत्तीकै जरूरी छ । यहाँ यस्तै कुरा नमिले पछि एक जाेडीले सम्बन्ध नै बिच्छेद गर्ने अवस्थामा पुगेका छन् । साउदी अरबको एकजना महिलाले आफ्नो श्रीमानसँग यसकारण सम्वन्ध विच्छेद गर्दैछिन कि उनका श्रीमान आफुभन्दा निकै होचा छन् । गल्फ न्यूजका अनुसार उनीहरुको बिवाह भएको ७ महिना भएको र उनीलाई श्रीमानभन्दा अग्लो भएपछि धेरैले जिस्क्याउने गरेका र यसबाट उनलाई मानसिक रुपमा समेत असर परेकाले उनले सम्वन्ध विच्छेद गर्ने निर्णय गरेकी हुन् ।
२० वर्षीय महिलाले एनडाउन्मट डिपार्टमेंटलाइ बताइन कि उनी आफ्नो श्रीमानसँग अलग हुन चाहन्छिन किनकि उनलाई सार्वजनिक स्थलहरुमा दिइने गरेको टर्चर सह्य छैन । डिपार्टमेन्टका प्रमुख अल जिरानीका अनुसार सम्वन्ध विच्छेदका कारण मध्ये यो अचम्मको कारण हो । महिलाको यो कदमलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । त्यसमध्ये धेरैले ती महिलालाई यदि पतीको उचाई छोटो भएका कारण मात्र हो भने उसले बिवाह अगाडी नै इन्कार गर्नुपथ्र्यो भन्ने तर्क प्रस्तुत गरेका छन् । तलाक दिइएका पतिले जजसँग भनेका छन कि उनकी पत्नीले सामाजिक मूल्य मान्यतालाई नै उलंघन गरेकी छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.