९ बैशाख, नयाँ दिल्ली ।
भारतमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वारजसँग भेटवार्ता गरेका छन् ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले शेरबहादुर देउवालाई ‘नेपालबाट आएका महत्वपूर्ण पाहुना’ को सज्ञा दिँदै सुष्मा र देउवाको भेटवार्ताका तस्विर सार्वजनिक गरेका छन् ।
कांग्रेस सभापति देउवा आफू संसदीय दलको नेता चुनिएपछि पहिलो पटक भारत पुगेका हुन् । कोइराला परिवारको राजनीतिक विरासतलाई तोडेर कांग्रेसमा उदाएका देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तराधिकारीकोरुपमा हेर्न थालिसकिएको छ ।
देउवाको दिल्ली रणनीति तय गर्ने २ पात्र देउवा अघि नै दिल्लीमा
शेरबहादुर देउवाको सत्ता रणनीतिः ओली सरकार ढाल्ने ४ स्टेप
उनको दिल्ली यात्रालाई पारिवारिक भनिएको छ । औपचारिक भन्दा पनि अनौपचारिक रुपमा देउवाले भाजपाका अध्यक्ष अमित शाह र गृहमन्त्री राजनारायण सिंहसँग भने भेट्दै छन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भेट्ने भन्ने त कार्यक्रम बनिसकेको छैन’ कांग्रेस स्रोत देउवाको दिल्ली बसाइबारे भन्छ, ‘अमित शाह र राजनाथ सिंहसँग भने भेट हुन्छ ।’
तर, देउवाका नेपाल सहयोगी पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र प्रकाशशरण महतसहितका नेताहरु पनि देउवाको राजनीतिक भेटघाट नहुने जिकिर गरिरहेका छन् । तर, वास्तविकता यस्तो मात्र छैन । देउवाको भ्रमण अघि नै केही नेताहरु देउवाको दिल्ली भ्रमणलाई सफल बनाउन त्यस अघि नै पुगेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...