काठमाडौं, १४ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकारले भारतलाई टक्कर दिँदै तीन जना भारतीयको नागरिकता खारेज गरेको छ ।
भारतले मधेसीका माग पुरा गर्न दबाब दिँदै आइरहेको बेला किर्तेगरी नेपाली नागरिकता लिएका तीनै जनाको नागरिकता खारेज गरिएको हो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिक महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री शेरधन राईले जानकारी दिए ।
रुपन्देहीबाट नागरिकता लिएका उनीहरुले झुटो विवरण पेस गरेको पाइएपछि स्थानीय प्रशासनले खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...