-->
करमा अझै श्री ५ को सरकार !

वैशाख, काठमाडौं । कर कार्यालय धनकुटाले श्री ५ को सरकार लेखिएको अनुसुची १० को कर फारम भराएपछि धनकुटाका स्थानीय व्यवसायीले आपत्ति जनाएका छन् ।
धनकुटा ४ का खुकुरी तथा ग्रील उद्योगी गोपाल विश्वकर्माले राजतन्त्र गएको १० वर्षपछि पनि फारममा सुधान नगरेको भन्दै कर कार्यालयका प्रमुखसँग विवाद गरको आजको अभियान दैनिकमा समाचार छ ।
अझै पनि यसतो लापरबाही हुन हजारौं जनताको बलिदानीबाट आएको लोकतन्त्रको उपहास भएको उनको भनाई छ । उता कर कार्यालयका प्रमुख पेशल न्यौपानेले भने मन्त्रालयबाटै यस्तो अनुससची भएको फारम आएकोले आफूले केही गर्न नसक्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.