काठमाडौंको थानकोटको गोदामचौरदेखि चन्द्रागिरिमा केवलकार चल्न थालेको छ।
निर्माण कम्पनी काठमाडौं फनपार्कका अनुसार आज सामानहरु केवलकारमा हालेर परीक्षण गरिएको छ। आज लोड राइड गरिएको र यही हप्ताभित्र टेस्ट राइड गरिने काठमाडौं फनपार्कमा सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर विख्यात विक्रम राणाले बताए।
लोड राइड र टेष्ट राइटमा देखिएको प्राविधिक समस्या सुल्झेपछि केवलकार नियमित रुपमा संचालन गरिने उनले बताए। कहिलेदेखि केवलकार नियमित रुपमा संचालनमा आउँला भन्ने प्रश्नमा उनले त्यो ठ्याक्कै भन्न नसकिने बताए।
निर्माण कम्पनीले वैशाखदेखि सर्बसाधारणलाई चन्द्रागिरिमा केबलकार मार्फत पुर्याउने योजना बनाएको थियो। तर नाकाबन्दीको असरले गर्दा यो असंभव भएको कम्पनीले यसअघि नै जानकारी गराएको थियो।
२२ महिनाअघिबाट निर्माण सुरु गरेको कम्पनीले नाकाबन्दी र भूकम्पको समयमा कैयन काम थाती राखेको थियो। चन्द्रागिरि समुन्द्र सतहबाट २५ सय ४० मिटर अग्लो स्थानमा रहेको छ। जसले गर्दा यहाँबाट मौसम राम्रो भएको समयमा हिमालहरु देख्न सकिन्छ।
निर्माण कम्पनीले चन्द्रागिरिमा होटल तथा रिसोर्ट समेत निर्माण गर्न लागेको छ। लोडसेडिङको समयमा जेनेरेटर मार्फत केबुलकार सञ्चालन ल्याउने कम्पनीको योजना रहेको छ। काठमाडौं फनपार्कले चन्द्रागिरिमा रहेको जग्गा नेपाल सरकारबाट ४० वर्षको लागि भाडामा लिएको छ। तर गोदाममा बन्दै गरेको बटम स्टेशनको जग्गा भने कम्पनीले आफै खरिद गरेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...