-->
हाउ फन्नीमा केकी र अनुपको यस्तो प्रेमील भाव

फिल्मीबजार,२३ चैत्र २०७२,काठमाण्डौ ।
निलु डोमाको डेब्यु निर्देशनमा प्रदर्शनका लागि तयार भएको चलचित्र ‘हाउ फन्नी’को अर्को एक नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अभिनेत्री केकी अधिकारी र कलाकार अनुपबिक्रम शाहीलाई फिचरिङ गरिएको छ ।
जासुसको कथा र कमेडी जनरामा निर्माण गरिएको यस चलचित्रमा समाबेश ‘शिरैमा शिरबन्दी’ बोलको गीतका कारण अहिले फिल्मको नाम चर्चामा छ । यस्तै पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेका कारण पनि फिल्मको केहि हद सम्म क्रेज बढेको छ ।
नाम चलेका स्टारकास्टले भरिपुर्ण फिल्मले रिलिजको छेकोमा पाएको चर्चाले निर्माण टिम उत्साहित छ । फिल्मको गीत संगीत र सार्वजनिक ट्रेलरले पनि राम्रो ‘माईलेज’ पाईरहेको छ । सार्बजनिक प्रेमगीतमा केकी र अनुपको जोडी जमेको देखिन्छ ।
यस फिल्ममा यी दुईसँगै प्रियंका कार्की, दयाहाङ राई, निशा अधिकारी मुख्य भुमिकामा छन् । फिल्म बैशाख १० गते प्रदर्शनमा आउने भएको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.