। मुटु ढुक्क फुल्यो मन थाम्नै सकिनन, अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले गह भरिएको आँसु वर्रर खसालिन ।
देउकी प्रथावारे तयार गरिएको ‘देवकी इन सर्च अफ देवी’वृतचित्र मङ्गलवार बागबजारस्थित हलमा हेदाहेर्दै लामाले आँसु झारिन ।पच्चीस बर्षअघि जारी गरिएको नेपालको संविधान २०४७ मै देउकी प्रथा उन्मुलनबारे स्पष्ट उल्लेख भए पनि व्यवहारमा संविधानसभाबाट संविधान जारि भइसक्दा पनि देउकी प्रथा चलिनै रहेको छ ।
पश्चिम नेपालका दार्चुला, डोटी, बैतडी, डडेल्धुरा र बाजुरा जिल्लामा करिब तीनसय बर्षदेखि चल्दै आएको यो प्रथा अझ पनि बैतडी जिल्लामा उन्मुलन हुन सकेको छैन । समाजमा कानुनी व्यवस्थाविरुद्ध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारीसमेत रहेको प्रहरी प्रशासनकै एक वरिष्ठ प्रहरी अधिकारीले हालै ती शक्तिपिठमा अवोध बालिकालाई किनेर देउकी चढाएको गोप्य कुरा वृतचित्रमा कैद गरिएको दृश्य प्रसारण भएपछि हलमा रहेका लामालगायत धेरै भावविह्वल भए ।
नेपाल सरकारले यो प्रथा उन्मुलन गर्न कानुनी व्यवस्था गरे पनि कानुनको पालना गराउने अधिकारीबाटै यस्तो भएपछि दर्शक स्तव्ध र आश्चर्यचकित भएका थिए ।
बैतडी जिल्लाको ७ वटा देवीका शक्तिपिठ र महादेवका मन्दिरमा अहिलेपनि लुकीछिपी देउकी चढाउने गरिएको छ । प्राचिनकालमा १ रुपैया मूल्यमा किन्ने गरेको देउकी अहिले ५-७ लाख रुपैया सम्म तिरेर किन्ने गरेको बताइन्छ । गोरखापत्र दैनिकमा समाचार छ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...