-->
मानव बेचबिखनको ‘ट्रान्जिट’ बन्यो कपिलवस्तु, रोक्न खटियो केआई नेपाल

कपिलवस्तु, ६ बैशाख । कपिवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरमा पछिल्लो ३ महिनामा मानव बेचविखन तथा ओसारपसारको जोखिममा परेका १ हजार २१३ जनालाई परामर्श प्रदान गरिएको छ ।
केआई नेपालले विभिन्न बहानामा विदेशमा बेचिन सकिने जोखिमको बारेमा परामर्श गर्दा ३६ जना चेलीहरुलाई घर फिर्ता गरेको हो । जसमध्ये २१ जनालाई प्रहरीको रोहबरमा घर फिर्ता गरेको र १ जना चेलीलाई आवासीय सेवासहित सिप सिक्नको लागि चितवन पठाएको केआई नेपाल जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो ।
घर फिर्ता गरिएकोमध्ये १० जना कपिलवस्तुको रहेकोले चेलिबेटी बेचविखनको जोखिम कपिलवस्तुमा बढ्दै गएको जिल्ला संयोजक विश्वकर्माले दाबी छ ।
संस्थाले विगत २०६४ साल देखी मानब बेचबिखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । ९ बर्षको अबधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयौ चेलीहरु उद्धार गर्दै आएको छ । केआई नेपाल शाखा कार्यलयले सीमामा रहि सूचना तथा परामर्श प्रदान, घर फिर्ता, शंकास्पद घटनाहरुलाई प्रहरीकोमा हस्तान्तरण र आर्थिक अवस्था कमजोर भएकालाई अभिभावकको स्वीकृतिमा सेफ होम पठाउने गर्दछ ।
परामर्श दिने क्रममा चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जाने जस्ता विभिन्न कारण देखाई जाने गरेको सस्थांका अध्यक्ष दयाराम पोखरेललको भनाई छ ।
परामर्श पश्चात आर्थिक अवस्था कमजोर भई घर छोडेर जानुपर्ने बाध्यता भएका चेलीहरुलाई संस्थाले चितवन र काठमाडौंस्थित सेफ होम पठाउने गर्दछ र विभिन्न सिप सिकाएपछि सम्बन्धीत समुदायमा पुनर्मिलन गरि व्यवसायका लागी सहयोग गर्दै आएको जिल्ला संयोजक विश्वकर्माले बताउनुभयो ।
संस्थाले कपिलबस्तुको बुद्धबाटिका नगरपालिका टिक्करमा सामुदायिक चेलीकार्यक्रम अन्तरगत कृषि चेली सहकारी संस्था दर्ता गरि विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ । स्कुल शिक्षा, स्वास्थ्य खानेपानी र महिला शशक्तिकरणका लागी समूहमा आवद्ध सदस्यहरुलाई अभिमुखिकरण तालिम प्रदान गर्ने, समूहहरुका कार्यसमिति सदस्यहरुलाई नेतृत्व विकास तालिम, समुहका सदस्यलाई बचत तथा ऋण परिचालन सम्बन्धि तालिम, अन्तर समूहस्तरीय चेली सञ्जाल गठन गर्ने र अभिमुखिकरण तथा सचेतिकरण तालिम सञ्चालन, व्यवसायिक कृषि तथा पशुुपालन लगायत तालिमहरु दिदै आएको सस्थांका सूचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.