एजेन्सी । विश्वका शकिशाली नेता र व्यापारीहरुले विश्वलाई नै ढाटेर कसरि आफ्नो धनसम्पत्ति लुकाउँदा रहेछन् र कर छली गर्दा कसरी कम भन्दा कम पैसा देखाएर जनतालाई उल्लु बनाउँदा रहेछन् भन्ने कुरा आइसिआइजे गोप्य दस्तावेज सार्वजनिक भएसंगै प्रष्ट भएको छ ।
विश्वका धनी र प्रख्यात नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा छायाँ कम्पनीहरुमार्फत् गरेको लगानीको आइसिआइजे भण्डाफोर गरेको हो।इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्न्लिस्टस (आइसिआइजे) पत्रकारहरुको खोजमूलक संस्था हो।
आईसिआईजेले १ करोडभन्दा बढी कागजातहरुबाट विश्वभरका सैयौं संचार माध्यमको सहकार्यमा एक वर्षसम्मको अनुसन्धानपछि त्यो खुलासा गरेको हो ।
त्यस दस्तावेजमा रहेका २ लाख १४ हजार अफसोर कम्पनीको डकुमेन्टहरु विश्वका २०० देशका १४० नेता र सार्वजनिक पदाधिकारीहरुसित जोडिएको छ।विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।आइसीआइजेका निर्देशक गेरार्ड राइलका अनुसार लिक भएको दस्तावेजमा मोसाक फोसेको हरेक दिनको गतिविधिको प्रतिवेदनमा राखिएको छ ।
दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ ।
दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ । जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन् ।
पुटिनदेखि सि जिनपिङसम्मको आर्थिक कारोबारको खुलासा
लिक भएका डकुमेन्टमा ५० भन्दा बढी देशका १४० नेताहरुको नाम जोडिएको छ। जसमा १२८ नेता र सार्वजनिक पदाधिकारीहरुले गरेका गोप्य आर्थिक कारोबारको विस्तृत विवरणसमेत छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरुले २ अर्ब अमेरिकी डलर गोप्य रुपमा कारोबार गरेको खुलासा यसमा गरिएको छ। त्यसैगरी पाकिस्तान र आइसल्यान्डका प्रधानमन्त्री, साउदी अरबका राजा र अजरबैजानका राष्ट्रपतिका सन्तानको नियन्त्रणमा रहेको कम्पनीहरुको खुलासा फाइलहरुले गरेका छन्।
भ्रष्टाचारविरुद्ध अभियान छेड्ने चिनियाँ नेता सि जिनपिङ, भ्रष्टाचारविरुद्ध सुधार अभियान चलाएको भन्ने युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को र ट्याक्स हेभन रिफर्म गर्ने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका स्वर्गीय पिताको अफसोर डिलिङहरु समेत त्यो फाईल मार्फत खुलासा भएका छन् ।
लियोनेल मेसी पनि फसे
अर्जे्न्टिनाका फुटबल स्टार लियोनेल मेसीलाई लिएर फेरी नयाँ खुलासा भएको छ । मेसी र उनको पिताले पनामाको एक कम्पनि मेगा स्टार ईन्टरप्राइज इन्क खरिद गरेका थिए ।यो कम्पनि मार्फत केहि आर्थिक हिनामिना गरिएको हुन सक्ने आशंका गरिएको छ ।
विवादित बने अमिताभ बच्चन र ऐश्वर्या पनि
लिक भएको दस्तावेज अनुसार अमिताभ बच्चनलाई चार कम्पनीको डायरेक्टर नियुक्त गरिएको थियो जसमा तीन बहामासमा अवस्थित रहेको थियो ।ति कम्पनीहरुको आधिकारिक रुपमा कुल पुंजी ५ हजार देखि ५० हजार डलर विचमा थियो तर ति कम्पनीहरुले ति जहाजहरुको कारोवार गरिरहेको थियो जसको मूल्य करोडौं थियो ।
त्यो सुचिमा भारतीय प्रख्यात अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि नाम बाहिर आएको छ ।ऐश्वर्यालाई पहिले एउटा कम्पनीको डायरेक्टर नियुक्त गरिएको थियो तर पछि उनलाई कम्पनीको शेयर होल्डर घोषित गरिएको ति दस्तावेजहरुमा बताईएको छ । नेपाल शन्देसबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...