काठमाडौ । विश्वकप फुटबल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा रहेका श्रमिकलाई जनावरको जस्तै व्यवहार गरेको आरोप खेप्दै आएको कतार सरकारले त्यहाँ रहेका नेपाली श्रमिकका समस्या आफ्नो निकायमा आइपुगेको २४ घन्टाभित्र समाधान गरिदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कतारका श्रम, प्रशासन तथा समाजकल्याणमन्त्री इस्सा विन साद अल लाइमी जुफलीले पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र दोहाका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न शर्मासमक्ष शनिबार उनकै मन्त्रालयमा भएको भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिएर ८५ हजार चार सय ६० पुरुष र एक हजार एक सय २५ महिला गरी ८६ हजार पाँच सय ८५ श्रमिक कतार गएका छन् । आनको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...