पानी र मनोरञ्जन पार्कमा रमाउन चाहनेहरुका लागि काठमाडौं फन भ्याली उपर्युक्त गन्तव्य बन्दै आएको छ । गर्मीको आगमनसँगै फन पार्कले आफ्नो सेवालाई थप विस्तार र परिस्कृत बनाउने
यस वर्षको गर्मी मौसमलाई मध्यनजर गर्दै चैत १२ गतेबाट काठमाडौं फन भ्यालीको सेवा शुरु भएको हो । अरनिको राजमार्गसँगै जोडिएको फन भ्याली भक्तपुर सुर्य विनायकबाट ४ किलोमिटरको दुरीमा रहेको छ ।
भक्तपुर पलाँसेमा रहेको फन भ्यालीमा स्विमिङ सँगसँगै वाटर पार्कका अन्य सेवाहरु पनि लिन सकिन्छ । त्यसैगरी विभिन्न रोमान्चक गेमहरु पनि रहेको महाप्रबन्धक दिनेश गिरीले बताउँनुभयो ।
बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले स्विमङ पुलमा समुन्द्रमा छाल आए जसरी छाल आउने ब्यवस्था मिलाईएको छ । काठमाडांै फन भ्यालीमा प्रवेश गर्नको लागि बाालबालिकाको लागि ४५० र अन्यका लागि ६५० रुपैयाँको प्रवेश शुल्कको व्यवस्था गरिएको छ । फन भ्यालीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको स्लाइड पुल, वेभ पुल, टावर हाइट, किड्स स्लाइड, मिनी कोलम्वस लगायत गेमहरु उपलब्ध छन् ।
यस वर्षबाट काठमाडौं फन भ्यालीले स्कुल तथा कलेजलाई मध्यनजगर गर्दै विशेष ब्यवस्था गर्न लागेको छ । जस अन्तर्गत आफ्ना विद्यार्थीहरुलाई वाटर र एम्युजमेन्ट पार्कको सेवा दिन चाहने स्कुल तथा कलेजहरुले आकर्षक छुट प्याकेज प्राप्त गर्नेछन् ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेर पनि शान्त र प्राकृतिक पर्यावरणको बीचमा ६२ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौं फन भ्यालीमा हाइजेनिक रेष्टुरेन्टहरु समेत उपलब्ध छन्


0 comments
प्रतिक्रिया दिनुहोस्...