-->
नेपाली सेनाको संग्रहालयमा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं, २३ चैत । मंगलबार साँझ नेपाली सेनाको सैनिक संग्रहालयमा आगलागी भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार काठमाडौं छाउनीस्थित सैनिक संग्रहालयको टीकट काउन्टबारमा मंगलबार साँझ पौने सात बजेको बिजुली सर्ट भएर आगो लागेको हो ।
काउन्टरमा रहेका कर्मचारी खाजा खान गएको समयमा आगलागी भएपछि नियन्त्रणमा लिन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल खटिएका थिए ।
आगोलाई करिब आधा घन्टाको प्रयासमा नियन्त्रणमा लिइएको र क्षतिको विवरण संकलन भइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.