काठमाडौ– आइतबार सिंहदरबारमा भएको निजामती कर्मचारी आन्दोलनको क्रममा फोटो पत्रकार कविन अधिकारी कुटिएको विरोधमा सोमबार बिहान प्रदर्शन गरेको छ ।
सिंहदरबार स्थित हनुमानथानमा नेपाल प्रेस युनियनको अगुवाईमा भएको विरोध प्रदर्शनमा बिभिन्न पत्रपत्रिकाका पत्रकार तथा फोटोपत्रकारहरुले हातमा कालो पट्टी बाँधेर क्यामेरा डाउन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा पत्रकारहरुले अधिकारीमाथि भएको कुटपीटको विरोध गर्दै घटनामा संलग्न प्रहरी माथि चाँडो भन्दा चाँडो कारवाही गर्न माग गरेका थिए ।
सो क्रममा नेपाल प्रेस युनियनका महासचिव बद्री सिग्लेलले सिंहदरबार जस्तो राष्ट्रको सबैभन्दा ठुलो ठाँउमा पत्रकारलाई घेराबन्दीमा राखी कुट्न सक्ने प्रहरीले जनतालाई कसरी सुरक्षित राख्न सक्ला भन्दै आक्रोश व्यक्त गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...