-->
अाजकाे राशिफल / २०७३ वैशाख ११ गते शनिबार

वि.सं. २०७३ वैशाख ११ गते शनिबार तदनुसार ई. सं. २०१६ अप्रिल २३ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३६, (चौलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे
वैशाख कृष्णपक्षको प्रतिपदा तिथि, दिउँसो ११:४३ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
स्वाती नक्षत्र, बिहान ०९:०४ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि ०४:५६ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,
सिद्धि योग, दिउँसो ०४:३७ बजेसम्म, त्यसपछि व्यतिपात योग,
गर करण, मध्यरात्रीपछि १२:४१ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व,
आजको चाडपर्व र उत्सव : ललितपुरमा मच्छिन्द्रनाथ स्नान, लोकतन्त्र दिवस, विशालनगरमा वैष्णवीदेवी यात्रा, बुंगन्हव, त्रिपुष्कर योग दिनको १२ बजेर ०२ मिनेटपछि, टंकप्रसाद आचार्य स्मृति दिवस,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग दिनको ११ बजेर ४६ मिनेटसम्म,
भोलिको मूहुर्त : अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
१३ गते : साँखु यात्रा, सकोयात, मनमोहन स्मृति दिवस, अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, पुराणश्रवण, दीक्षाग्रहण,
१४ गते : मंगल चतुर्थी व्रत, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । व्यवसायिक स्थितिमा सुधारको सङ्केत छैन । स्वास्थ्यको कमजोरी र मानसिक विचलनबाट जोगिने प्रयास गर्नु राम्रो हुन्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । पछाडि बसेर खिसीट्युरी गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

एकाबिहानै विगतमा गरेको परिश्रमको प्रतिफल नपाउनाले मन खिन्न हुनसक्छ । रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक चिन्तनप्रति मन आकर्षित हुनेछ, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । भोजभतेर र खानपिनका कार्यमा नहौसिनु राम्रो हुन्छ, पाचनप्रक्रियामा विकार आउन सक्छ । झिनामसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतीत हुनसक्छ । छोराछोरी, भाइबहिनी र बन्धुबान्धवले जानेको र सकेको सहयोग गर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.