उत्तर कोरियाः संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइरहेको छ । यसप्रति अमेरिका लगायतको समर्थन छ । विश्वका महाशक्ति राष्ट्रको लागि ‘आतंक’ जस्तै बनेको छ, उत्तर कोरिया ।
अमेरिका, दक्षिण कोरियालगायतका अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा निरन्तर गरेका आणविक तथा अन्य क्षेप्यास्त्र परीक्षणले उक्त क्षेत्रमा सुरक्षास्थितिमा समस्या ल्याउने बताइरहेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दी गर्ने निर्णय केही साता अघि गरेको थियो ।
उत्तर कोरियालाई पटकपटक चेतावनी दिई आणविक गतिविधि रोक्न अनुरोध गरे पनि उत्तर कोरियाले यसलाई बेवास्ता गरेपछि राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको हो । यस अघि रोचक र आश्चर्यजनक रुपमा उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको खबर प्रसारित भएको थियो । उत्तर कोरियाली अधिकारीहरुले सफलतापूर्वक हाईड्रोजन बमको परीक्षण गरिएको बताइरहँदा पुङगेरी केन्द्र नजिकै ५ दशमलव १ म्यागनिच्युडको धक्का महसुस गरिएपछि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले त्यसको पुष्टि गरेको थियो ।
सन् २००६ यता उत्तर कोरियाले ३ वटा भूमिगत परमाणु परीक्षण गरेको बताइन्छ । केही महिना अघि उत्तर कोरियाली नेता किम जोङ उनले हाईड्रोजन बम विकास गरेको बताएका थिए तर अन्तर्राष्ट्रिय विज्ञहरुले त्यसप्रति शंका जनाएका थिए । दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले डिसेम्बरको अन्त्यमा उत्तर कोरियाले पनडुबीबाट एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । अघिल्लो वर्षको शुरुमा उत्तर कोरियाले पनडुबीबाट गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै प्रमाणका रुपमा तस्वीरहरु सार्वजनिक गरेको थियो ।
उत्तर कोरियाले ’अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च’ गर्ने समेत बताइएको थियो । उत्तर कोरियाका छिमेकी शक्ति राष्ट्रहरु समेत असुरक्षाको कारण उत्तर कोरियासँग तर्किने गरेका छन् । कयौं देशले यही आडमा किम जोङ उन लामो दुरीको मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाउँदै आइरहेका छन् ।
यस अघि प्योङयाङले ‘इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसन’ लाई लामो दूरीको मिसाइल परीक्षणबारे जानकारी गराएको थियो । उत्तर कोरियाको आणविक तथा अन्य क्षेप्यास्त्र परीक्षणले शक्ति राष्ट्रहरुलाई पनि सशङ्कित बनाइदिने गरेको छ । उत्तर कोरियासँग किन डराउँछ, त अमेरिका जस्तो शक्ति राष्ट्र ? के छ त उत्तर कोरियासँग ?


0 comments
प्रतिक्रिया दिनुहोस्...