-->
‘द विनर’को शसक्त टिजर, मलिना देखी नयाँ अनुहारको पावर

फिल्मीबजार,१५ बैशाख २०७३,काठमाण्डौ ।
हिक्मत बिष्ट निर्देशित तथा पुर्ब मिस नेपाल मलिना जोशी स्टारर सिनेमा ‘द विनर’को टिजर केहि समय अघि युटुबमा सार्बजनिक गरिएको थियो । अहिले उक्त टिजरले सर्बत्र चर्चा कमाउन सफल भएको छ ।
यो समाचार तयार पार्दा सम्म छोटो समयमा नै उन्चालिस हजार भन्दा बढीले टिजर हेरेका छन् । सार्बजनिक टिजर पछि चलचित्र उद्दयोगमा यस चलचित्रको निकै प्रसंसा सुन्न थालिएको छ । ५० सेकेन्डको टिजर पछि चलचित्र कस्तो होला भन्ने किसिमको उत्सुकता रहेको चलचित्रकर्मीहरुले प्रतिकृया दिन थालेका छन् ।
डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा मलिना सहित महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ मुख्य भुमिकामा छन् । मलिना अभिनित केहि सिनेमा यस अघि प्रदर्शनमा आए पनि ब्यापारिक रुपमा भने सफल हुन सकेनन् । तर, यस चलचित्र बाट उनले समेत फड्को मार्ने आसा गरिएको छ ।
साथै चलचित्रमा नायिका रेशु तामाङ सहित केहि नयाँ कलाकार रहेका छन् । तर,नयाँ कलाकारको समेत पावर रहेको सार्बजनिक टिजरले जनाएको छ । महेशमान कै कथामा नेपाल,युएई र अष्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको यो फिल्ममा हिमाल केसीको दन्द छ । निर्माण पक्षले अहिले सम्म फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.