एजेन्सी: मुम्बइको जेजे अस्पतालले २४ वर्षीया प्रत्यूषा बनर्जी (आनन्दी)ले गर्भपतन गराएको पुष्टि गरिसकेपछि ब्वाइफ्रेन्ड राहुल राज सिंहले प्रहरीको सोधपुछपछि स्विकार गरेका छन्। तर उनले प्रत्यूषा आत्महत्या गर्नु एकदिन पहिले गर्भपन नगराएको दाबी गरेका छन्। राहुलका अनुसार प्रत्युषा पहिले नै गर्भवती भएको र जनवरीमै गर्भपतन गर्न चाहेको खुलासा गरेका हुन्। यही सन्दर्भमा राहुलसँग प्रहरीले गरेको ६ प्रश्न यस प्रकार छ।
प्रहरी: के हत्या अघि प्रत्युषा गर्भवती थिइन्?
राहुल: थिइन्।
प्रहरी: तपाईसँग बस्दै आएपछि कहिले गर्भवती भइन्?
राहुल: जनवरीमा गर्भवती भएकी थिइन्।
प्रहरी: जनवरीमा कहिले ?
राहुल: तारिख याद छैन्। यस्तै जनवरीको पहिलो हप्तातिर, सायद।
प्रहरी: प्रत्युषाले गर्भपतन कहिले गराइन् ?
राहुल: मार्चको पहिलो वा दोस्रो हप्तातिर
प्रहरी: के तिमी र प्रत्युषाले गर्भपतनअघि चिकित्सकको सल्लाह लिएका थियौ?
राहुल: प्रत्युषाले एक पटक चिकित्सकसँग गाइनोकोलोजिष्टको सल्लाह लिएकी थिइन्।
प्रहरी: गर्भपतनको बेला के तिमी अस्पतालमा प्रत्युषासँगै गएका थियौ ?
राहुल: होइन, उनी एक्लै गएकी थिइन्। किनकी म काममा व्यस्त थिएँ।
(स्रोत: मिडिया रिपोर्टर्स)
'राहुललाई मृत्युदण्ड दिनुपर्छ'
प्रत्युषाका बुवा शंकर बेनर्जीले छोरीमाथि अत्याचार भएकाले भारतीय प्रहरीले अत्याचारको बारे स्पष्ट अनुसन्धान गर्नुपर्ने माग गरे ।
उनले भने, 'हामी प्रत्युषाको अन्तिम संस्कार गरिराखेका छौँ । हामीले राहुलका विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छौँ । पुलिसले छोरीमाथि भएको अत्यचारका बारे सत्य सार्वजनिक गर्नुपर्छ ।'
प्रत्युषाका पिताले राहुललाई फाँसी दिनुपर्ने समेत बताएका छन् । उनका पिताले आक्रोशित हुँदै भने, 'छोरीको हत्याले हामीलाई उजाड बनाएको छ । छोरीको हत्यामा संलग्नलाई फाँसी दिदा पनि फरक पर्दैन ।'
पिता शंकरले हत्यारामाथि सजाय नभएसम्म छोरीको मृत आत्माले शान्ति नपाउने समेत बताएका छन् ।
'जबसम्म छोरीको हत्यामा संलग्नलाई सजाय हुँदैन तबसम्म छोरीको आत्माले शान्ति पाउदैन । हामी कानुनलाई विश्वास गरेर बसेका छौँ,' शंकरले भने ।
प्रत्युषले आत्महत्या गर्दा राहुल घरमा थिएनन्
प्रहरीका अनुसार जब प्रत्युषाले झुन्डिएर आत्महत्या गरिन त्यत्तिबेला राहुल घरमा थिएनन्।
साँझ करिब ५ बजे जब उनी घरमा पुगे त्यो बेला प्रत्युषा रहेको कोठाको ढोका खोल्न सकेनन्। त्यसपछि उनले ढोका फोडेर भित्र पस्दा प्रत्युषालाई झुन्डिएको अवस्थामा भेट्टाएका थिए।
राहुलले पुलिसलाई फोन गरेर यसबारेमा जानकारी गराएका थिए। उनले त्यसपछि प्रत्यूषालाई लिएर कोकीलाबेन अस्पताल पुगेका थिए।
अस्पतालमा उनलाई बचाउने कोशिस पनि गरियो तर केहीबेरमै प्रत्युषालाई डाक्टरले मृत घोषित गरिदिएका थिए।
सुसाइड नोट पनि भेटिएन
पुलिसलाई प्रत्यूषाको घरबाट कुनै किसिमको सुसाइड नोट समेत फेला परेन। उनको परिवार मुम्बई बाहिर बस्दै आएको थियो।
प्रत्युषा झारखन्डको जमसेदपुरको बासिन्दा हुन्। उनको भेट राहुलसँग जमसेदपुरमै भएको एक पार्टीका क्रममा भएको थियो।
प्रत्युषाको ज्यान गएपछि उनका केही साथी कलाकारहरु उनले आत्महत्या गर्नै नसक्ने बताइरहेका छन्। कलाकार सारा खान भनिन्, 'उनी एक मजबूत लक्ष्य भएकी युवती थिइन्। उनले आत्महत्या गर्नै सक्दिनन्।'
बिग बोस का प्रतियोगी रहेका एजाज खानले प्रत्युषाले आत्महत्या नगरेको बताएका छन्। उनको भनाइमा प्रत्युषा आत्महत्या गर्ने केटी नै हैनन्।
प्रत्यूषाको मृत्युको खबरपछि भारतीय टेलिभिजन उद्योग शोकमा डुबेको छ। हरेक कलाकारदेखि कार्यक्रम उत्पादकसम्म आफूहरुलाई झट्का लागेको बताइरहेका छन्।
उनले रियलिटी शो 'बिग बोस-७' मा पनि भाग लिएकी थिइन् । अहिले भने उनी कलर्स च्यानलमै 'ससुराल सिमर का' टीभी सिरियलमा देखिइरहेकी थिइन्।
पछिल्लो केही समयदेखि प्रत्युषाको जीवनमा केही समस्या आइरहेको थियो। उनका निकट मित्रहरुका अनुसार उनको व्यवहार पनि झनक्क रिसाउने हुँदै गएको थियो।
जनवरी महिनामा उनले आफ्नो घरमा चारजना प्रहरी जवान आफ्नो घरमा जबरजस्ती पसेको आरोप पनि लगाएकी थिइन् ।
विभिन्न टेलिभिजन सीरियलमा अभिनय गरेकी प्रत्युषा सन् १९९१ मा जमशेदपुरमा जन्मिएकी थिइन् ।
सानै उमेरमा प्रत्युषाले 'बालिका वधु' बाहेक 'बिग बोस ७', 'इतना करो न मुझे प्यारु', झलक दिखला जा ५', 'ससुराल सिमर का' लगायतमा कलाकारको भूमिका निर्वाह गरेकी थिइन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...