-->
जोखिमपुर्ण सडक, चारवर्षमा दुइटा मात्रै दुर्घटना

सन्देश पौडेल,
“ओ माई गड, मस्र्याङदी कहाँ छ ?” पहिलो पल्ट मनाङ गएका जेम्स प्रधान सडकबाट मस्र्याङदी नियाल्दै थिए । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी भिरबाट बिल्कुलै मस्र्याङदी नदि देख्न सकिदैनथ्यो । चट्टान खोपेर बनाइएको सडक देखि नदि किनार सम्म न कुनै रुख थियो न कुनै बुट्यान ।
म्यार्दी भिर सडक खण्ड जहाँ चट्टानको पहाड खोपेर सडक बनाइएको छ
“यस्तो बाटोमा पनि मोटर चल्छ है ?” मन कपाउदै प्रधानले भने “मेरो त सात्तो गयो, मोटर चढ्न भन्दा हिड्न बेस लाग्यो ।”
मनाङ सडक अन्तर्गत धारापानीको म्यार्दी भिर र तिमाङको भिर बढि जोखिमपुर्ण मानिन्छ । दुई भिरमा सडक ट्रयाक खोल्ने बेलापनि सेनाले अलिबढि मिहेनत गर्नुपरेको थियो । “ठाडो भिरमा मस्र्याङदी हेर्दा कहाली लाग्दो रहेछ” तिमाङको अनुभव सुनाउदै लमजुङका गणेश गुरुङ भन्छन् “तिमाङको छहरा र भिरले सम्झदानी डर लाग्छ ।”
बिश्वकै उत्कृष्ट पैदलमार्ग सँगै रहेको यो सडकमा सवारी चल्दा पैदलमार्गीहरु लामो सास फेर्छन । सो मार्गमा आएका पर्यटकहरु जोखिमपुर्ण सडकमा सवारी चलाएको देख्दा रोकिएरै हेर्न बाध्य हुन्छन् ।
मनाङ सडकमा सवारी चलाउने चालकहरु स्वयंलाई आफनो भरोसा छैन । “भगवान भरोसामा जीप चलाउने हो” सवारी चालक अर्जुन बिक भन्छन् “हामी आँफै छक्क पर्छौ, धन्न जीपले तानी रहेको हुन्छ ।”
मनाङको तालबाट देखिने म्यार्दी भिर सडक खण्ड
करिव चार वर्षअघि नेपाली सेनाले मनाङ सम्म सडक ट्रयाक खोलेको थियो । लमजुङ– मनाङ सडक ट्रयाक खोल्ने क्रममा नौ जनाले ज्यान गुमाएका थिए । नौ जनाकोस्मृतिमा सेनाले सोहि म्यार्दी भिर छेउमा शिलालेख राखेको छ ।
अहिले मनाङमा नियमित सवारी चल्छ । मनाङमा सडक जोखिमपूर्ण भएपनि सवारी दुर्घट्ना भने अति न्युन छ । मनाङमा हालसम्म जम्मा दुईओटा मात्रै सवारी दुर्घटना भएको रेकर्ड छ ।
अघिल्लो आर्थिक वर्ष एउटा र चालु आर्थिक वर्षमा एउटा मात्र दुर्घट्ना भएको धारापानी प्रहरीले जनाएको छ । मनाङ ट्राफिक प्रहरीका अनुसार उक्त सवारी पनि जोखिम सडकका कारण नभई चालकको लापरवाहिका कारण भएको थियो ।
“सडक जोखिमपुर्ण भएपनि सवारी दुर्घट्ना छैन” ट्राफिक प्रहरी राजेन्द्र नेपाली भन्छन् “सडक जोखिम भएकोले चालकले पनि होशियारीसाथ सवारी चलाउदा दुर्घट्ना कम हुन्छ ।”
जोखिमपूर्ण सडकसँगै प्रकृतिको सुन्दरताले वर्षेनी हजारौ पर्यटकहरु मनाङ आउने गर्दछन् । बिश्व प्रसिद्ध अन्नपुर्ण चक्रिय पदमार्गमा आउने पर्यटकहरु पछिल्लो समय मोटर चढेरनै मनाङ सम्म पुग्ने गरेका छन् ।
पछिल्लो समय नियमीत सवारी आवत जावन हुन थालेपछि कतिपय स्थानहरुमा रेलिङ राख्न थालिएको छ भने कतिपय स्थानमा पिच समेत गरिएको छ ।
तपाईंको प्रतिकृया जनाउनुहोस्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.