के कुनै कागले रेललाई रोक्न सक्ला ? झ्वाट्ट सुन्दा कुनै बकम्फुसे प्रश्न जस्तो लाग्नसक्छ किनकी जाबो कुनै कौवाले रेल रोक्नसक्ने भन्ने कुरा नै आउँदैन । तर भारतको मुम्बइमा भने हालै एउटा मामुली कागले रेल रोकिदिएको छ । त्यो पनि थोरै समय कहाँ हो र ? पूरै ३ घण्टा ।
भारतको आर्थिक राजधानी मुम्बइको लाइफ लाइन भनिने लोकल ट्रेनको हार्बर रुटमा सोमबार बिहान बासीबाट ठाणे आउने स्थानीय रेल एउटा कागका कारण तीन घण्टासम्म रोकिनु परेको छ ।
रेलवेको हाइटेन्सन लाइनमा पर्ने बिजुलीको तारमा काग बसेपछि त्यहाँ करेन्ट शर्ट भई झिल्का निस्कियो र रेलवेको तार बिग्रिएपछि रेल रोकिन पुगेको हो । रेल उक्त समय गनसोली तथा राबाले स्टेशनको बीचमा पुगेको थियो ।
घटनापछि सबै रेलसेवा ठप्प हुन पुगेका थिए । लगत्तै रेलवे सेवाका प्राविधिकहरु त्यहाँ पुगेर टुटेको तार मर्मत गरी ३ घण्टापछि रेलसेवा सुचारु भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...