-->
नाकाबन्दी खुलेको करिव तीन महिना भइसक्दा पनि ग्यास सहज भएन, अवैध सिलिन्डर थपिदा ठगिए उपभोक्ता

नाकाबन्दी खुलेको करिव तिन महिना भयो तर बजारमा अहिले पनि सहज रुपमा ग्यास भएको छैन् । नाकाबन्दीको क्रममा उद्योगीले अवैध सिलिन्डर थपेर लुटेका छन् । अवैध रूपमा सिलिन्डर भित्रिएपछि थप कृत्रिम अभाव गराई कालोबजारी भइरहेको छ । उपभोक्ताहरुले अहिले पनि कालोवजारीबाट ग्यास खरिद गर्ने बाध्य छन् । कालोबजारीबाट खरिद गरेको ग्यासमा हाइड्रोलिक र हाइड्रो स्टाटिक परीक्षण नगरी उपोभक्ताहरुको घरमा चुल्यो बलेको छ ।
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले बजारमा करिब ९० प्रतिशत कम्पनलीले नया“ सिलिन्डर थपेको दाबी गर्नुभयो । अभावका बेला करिब २० हजार नया“ सिलिन्डर थपिएको बताउदै सिलिन्डर बिक्री गर्नका लागि नया“ खरिद गर्नेलाई मात्रै ग्यास दिइएको बताउनु भयो ।
साथै उहाँले अहिले बजारमा पुरानो सिलिन्डर नपाउने बताउनु भयो । केही सिलिन्डर भारतबाट पनि आयात हुन्छ । भित्रिएको सिलिन्डरको गुणस्तर तथा नापतौल विभागले परीक्षण गर्छ । नया“ सिलिन्डर बनाउन नेपाल आयल निगमको स्वीकृति अनिवार्य चाहिन्छ । गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर विभागले ग्यास गुयास्थर अनुरुप छ छैन परिक्षण गराएर बजारमा पठाउने काम गर्ने बताउनु भयो ।साथै गुणस्तर विभागले हाइड्रोलिक र हाइड्रो स्टाटिक परीक्षण गरे÷नगरेका परीक्षण गर्छ । त्यसपछि बिक्री वितरणका लागि अनुमति दिन्छ । अहिले अधिकांश कम्पनीले परीक्षण नगरी बजारमा पठाउने गरेको छ । सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रो स्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५-५ वर्षमा गरिरहनुपर्छ । २० वर्षपछि ३÷३ वर्षमा गर्नुपर्छ । सिलिन्डर कुच्चिएको छ भने हरेक वर्ष गर्नुपर्ने विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिनु भयो ।
तर, यता नया“ सिलिन्डरका लागि निगमको स्वीकृति अनिवार्य भए पनि निगमस“ग कुनै तथ्यांक छैन । निगमका निर्देशक मुकुन्द घिमिरेले नया“ सिलिन्डर थपेको बारेमा कुनै जानकारी नभएको बताउनु भयो । निगमको स्वीकृतिको आधारमा कम्पनीहरूले नया“ सिलिन्डर थप्न पाउ“छने बताउदै नया“ सिलिन्डर थपेको निगमस“ग रेकर्ड नरहेको बताउनु भयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.